Loading...
उपेन्द्रका लागि कानून मन्त्रालय सर्पको खेल, ठूलो भर्याङ्ग चढे जित्ने, सर्पले टोके तल झर्ने

सरोज खिलाडी

काठमाडौँ । समाजवादी पार्टीले उठाउदै आएको मुद्धा हो संबिधान संशोधन । संविधान संशोधनकै एजेण्डा लिएर तत्कालिन संघिय समाजबादी फोरम नेपाल सरकारमा सहभागी भएको थियो । तर अहिले सम्म न त संबिधान संशोधन भयो न त स्वास्थ्य मन्त्रालयले जनताका हक हित मै राम्रो काम गर्न सके । २ बर्ष अगाडि भएको चुनाब मा मधेशमा गैर समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनाब पछि लगतै राजपा नेपाल संग पार्टी एकता गर्ने जनतालाई आश्वाशन दिएका थिए । त्यो काम अहिले सम्म पनि भएन । त्यति मात्र होइन दर्जनौ जनताले शहादत प्राप्त गरे संबिधान संशोधनका लागि l तर अहिले सम्म संबिधान समेत संशोधन भएन । बरु २ बुंदे सहमति गरेर उपेन्द्र सरकारमा सहभागी भै स्वास्थ्य मन्त्रालय च्यापेर बसे । मधेशी जनता मात्र होइन अहिले समाजबादी पार्टीका आफ्नै कार्यकर्ता समेत रुष्ट छन् । यति हुदा हुदै अहिले आएर प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद बिस्तार अन्तर्गत उपप्रधानमन्त्री समेत रहेका यादवको जिम्मामा कानून मन्त्रालय परेको छ । संविधान संशोधनका लागि प्रस्ताव तयार गर्ने मन्त्रालय हो कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय । ओली सरकारले संबिधान संशोधन गरेन भन्दै मन्त्री यादवले आरोप लगाइरहेका बेला उनी स्वयम् संविधान संशोधनका लागि सरकारका तर्फबाट प्रस्ताव तयार गर्ने ठाउँमै पुगेका हुन् । उनले संविधान संशोधनको प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गर्छन् कि गर्दैनन्, त्यो हेर्न बाँकी नै छ । यद्यपी यादवले आफूलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको विषयलाई संविधान संशोधनसँग जोडेका छन् । सोमवार पदभार ग्रहण गर्दै मन्त्री यादवले समाजवादी पार्टीले संविधान संशोधन गर्ने भनि नेकपासँग २ बुंदे सहमतिपत्रमा हस्ताक्षर गरेर सत्ता–सहयात्रा गरेकाले अब त्यो सहमति कार्यान्वयन गर्ने अवसर आएको धारणा राखेका थिए । उहाले भन्नु भयो – ” संविधान संशोधन गर्ने विषयमा दुई वर्षअगाडि नै हस्ताक्षर भएको हो, अब कार्यान्वयन गर्ने बेला आएको छ ।” यसबाट प्रष्ट हुन्छ कि संविधान संशोधनको प्रकृयालाई अगाडि बढाउन समाजवादी पार्टीले कानुन मन्त्रालय सदुपयोग गर्नेछ । कानुन मन्त्रालयबाट प्रस्ताव तयार गर्नुभन्दा पहिले त्यसको बारेमा समितिले सरकार तथा सरकारको नेतृत्व गरेका दलसँग छलफल गर्नेछ, र सोही छलफलको आधारमा कानुन मन्त्री यादवले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने छन् । यदि संबिधान संशोधन प्रस्ताब यादव ले लान सफल हुनु भयो भने उहाको जित सुनिश्चित हुन्छ तर स्वास्थ्य मन्त्रालय जस्तै चुप लागेर बस्नु भयो जनता सामु आफ्नो हार स्वीकार गरेर बस्नुको विकल्प हुँदैन । समग्र मा भन्नु पर्दा समाजबादी पार्टीका लागि अहिले बर्चस्व कायम राख्न राम्रो मौका आएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *