Loading...
उपेन्द्रले सरकारमा बस्ने निर्णय गरेर बेइज्जती स्विकारे कि सरकारलाइ नंग्याउन जालो थापे ?

पूर्ण बहादुर बस्नेत

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गरि समाजवादी पार्टीका केन्द्रिय समितिका अध्यक्ष उपेन्द्र यादवको जिम्मेवारी हेरफेर गरे । मन्त्रीमण्डल पुनर्गठनको बेला यादव भारतमा रहेकोले र सत्ता साझेदार दलसंगको परामर्शबिनै उक्त पार्टीसंग सम्बन्धित मन्त्रालयको हेरफेर भएकोले राजनीतिक वृत्तमा केही तरंग आयो । पार्टीले सरकार छोड्नुपर्ने आवाज पार्टी भित्रै सुनिए । सत्ता साझेदार दलसंग परामर्श नगरी मन्त्रीमण्डल पुनर्गठनको सन्देश समाजवादीलाई सरकार छोड् भन्ने नै धेरैको बुझाइ रह्यो । । अन्ततः अध्यक्ष यादवले हिजो उपप्रधानमन्त्री एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाले ।
यहि विषयमा आजको द हिमालयन टाइम्समा “उपेन्द्र यादवले सरकारमा रहिरहने निर्णय गरेर बेइज्जती स्विकार गरे, मधेश र समग्र् राष्ट्रिय राजनीतिमा रहेको उनको प्रभाव स्खलन भयो” भन्ने केही राजनीतिक विश्लेषकहरुको टिप्पणी पनि पढियो ।
पछिल्लो घटनाक्रम मार्फत सत्ताको नेतृत्वकर्ता दलले समाजवादी पार्टीलाई सरकार छोड् भनेकै हो । सबैले यहि बुझे । साँचो कुरा पनि यहि हो । उपेन्द्र यादवलाई सरकारमा बस्नुपर्ने कारण सोध्यो भने “प्राप्त उपलब्धिहरुको रक्षार्थ” भन्छन् । जवाफ सुन्दा त्यति क्रान्तिकारी लाग्दैन । सरकार छाडेपनि हुने भन्ने नै लाग्छ ।
नेकपा र तत्कालिन ससफो, नेपालवीच २०७५ जेठ १४ गते भएको २ बुँदे सहमतिको मूल मर्म ससफो, नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्दा संविधान संशोधन मार्फत गर्ने र ससफो, नेपाल सरकारमा सहभागि हुने हो ।
उक्त सहमतिपत्रका हस्ताक्षरकर्ता द्वय केपी ओली र प्रचण्डको सहमतिपत्रमा हस्ताक्षर गर्ने मात्र दायित्व हुन्छ त्यसलाई कार्यान्वयन गर्ने दायित्व हुदैन होला त ? सरकारको रबैया, सरकार सञ्चालन गर्ने दलका नेताको आचरण, यिनीहरुको वेइमानीताको पराकाष्ठा, जालसाँजी, धोकाधडी र अपराधको श्रृङ्खला हेर्दा उपेन्द्र यादवले भन्ने गरेको “प्राप्त उपलब्धिहरुको रक्षार्थ सरकारमा” भन्ने तर्क पुष्टि भएको महसुस हुन्छ ।

पार्टीको सरकारमा सहभागीता संविधान संशोधन गरि जनताका अधिकार स्थापित गर्ने थप प्रयास हो । आन्दोलनलाई मत्थर पार्न संविधान संशोधन गर्ने सहमति गरेको नेकपा संविधान संशोधन गर्नुपर्ने परिस्थितिबाट अब पञ्छिन चाहन्छ । किनकि अब आन्दोलन र आन्दोलनका माग सेलाइसके भन्ने उसको बुझाइ छ । त्यसैले समाजवादीलाई सरकारबाट हटाउन चाहन्छ । तर ढंग पु्रयाएर । “हामीले संविधान संशोधन गर्ने सहमति गरेकै हो । समाजवादीलाई सरकारमा सहभागी पनि गराएकै हो । तर सरकार छोडेर गयो के गर्ने” भन्ने ठाँउ चाहिएको छ । यसको सुरुवाती कदम हो स्वास्थ्य राज्य मन्त्री सुरेन्द्र यादव हटाइनु र उपेन्द्र यादवको मन्त्रालय हेरफेर गरिनु ।
आन्दोलनका माग र मुद्दाप्रति पार्टी प्रतिवद्ध छ । जनताका अधिकार प्राप्तिका उपाय, रुप र आकार समयले तय गर्ने नै छ । वर्तमान सन्दर्भमा पार्टीले सरकार नछोड्ने कु्रा नै सहि छ । यहि नै उपयुक्त र परिपक्व निर्णय हो । समाजवादी पार्टी सरकारमा रहनुपर्ने मुख्य कारण पनि यहि हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *