Loading...
आक्रमक रुपमा उपेन्द्रले भने- गौरको कुरा गर्नेहरु, झापा हत्याकाण्ड र जनयुद्ध गर्नेलाई के गर्ने ?

जनकपुर । समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गौर हत्याकाण्डको कुरा गरेर देशलाई बिखण्डन गराउन केहि बिखण्डनकारी तत्व हरु सल्बलाई रहेको बताउनु भएको छ । आज जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाले राष्ट्रिय एकता खलबल्याएर देशलाई विखण्डनको बाटोमा लैजान चाहने शक्तिले गौर हत्याकाण्डको कुरा उठाएकोे बताएका हुन् । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा उपनिर्वाचनमा आफ्नो पार्टीको उम्मेद्वारको प्रचारप्रसार गर्न जाने क्रममा उपप्रधान तथा कानुनमन्त्री समेत रहेका यादवले गौर हत्याकाण्डको धम्की देखाएर मधेसलाई दबाउन खोजिएको कुरा गलत भएको बताउनु भयो । उहाले भन्नुभयो -“सप्तरी हत्याकाण्ड, झापा हत्याकाण्ड, माडी हत्याकाण्ड लगायत देशमा विभिन्न हत्याकाण्डहरु नबिर्सौ , यी सबै कुरा उठाउँदै गएमा परिणाम अर्कै आउँछ ? त्यति ठूलो जनयुद्ध कहाँ पुग्छ ?’ उहाको प्रशन थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *