Loading...
माधोपुर गढिमाई मेलामा कर्मचारी कल्याण कोषद्धारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

ओम प्रकाश यादव मंसिर ११ गते । रौतहट । रौतहटको माधवनारायण नगरपालिका वडा नं ६ माधोपुरमा सञ्चालन भएको गढिमाई मेलामा कर्मचारी कल्याण कोषले आजदेखी निशुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कर्मचारी कल्याण कोष माधवनारायण नगरपालिकाका अध्यक्ष देवनारायण साहले आज मेलामा उक्त निशुल्क स्वास्थ्य शिविरको उदघाटन गरेका छन । मेलामा आउने व्यक्तिहरुको निशुल्क उपचार गर्नको लागि उक्त शिविर सञ्चालन गरिएको कोषका अध्यक्ष साहले बताएका हुन । आजबाट शुरु भएको उक्त निशुल्क स्वास्थ्य शिविर ८ दिनसम्म २४ औ घण्टा सञ्चालन रहने कोषका अध्यक्ष देवनारायण साहले बताए । मेला हेर्न आएको समयमा कसैलाई कुनै प्रकारको स्वास्थ्यमा समस्या आएमा शिविरमा सम्पर्क गर्न अध्यक्ष साहले अनुरोध गरेका छन । हिजोदेखी सञ्चालन भएको माधोपुर गढिमाई मेलाको विच भागमै सञ्चालन भएको शिविरमा स्वास्थ्य उपचार र औषधी निशुल्क रुपमा उपलब्ध गराउने उहाँले बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *