Loading...
दुध खानेले गधा पालेर हुदैन, धरान बैंश नै नआइ बुढो भएको सहर – वरिष्ठ नेता अशोक राई

सुनसरी । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले कांग्रेस र नेकपाका पुरानो साेंच बोकेका नेताहरुका कारण धरान बैंश नै नआइ बुढो भएको सहर बनेको बताउनु भएको छ । धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता राईले दुध खानेले गधा पालेर नहुने बताउँदै धरानलाई जीवित सहर बनाउन आफ्नो पार्टीको उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नु भयो । उहाले भन्नु भयो -” समाजवादी पार्टी धरान उपमहानगरपालिका प्रमुख पदका उम्मेदवार गजेन्द्र इस्बो गाई जस्तै हुन् , इस्बोले धराने जनताका लागि दिएको योगदान नै समाजवादीको चुनाव जित्ने आधार भएको छ ।” सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई लक्षित गर्दै ती पार्टीहरु र तिनका उम्मेदवारबाट देश र जनताको कुनै पनि अपेक्षा पूरा नहुने उहाले दाबी समेत गर्नु भएको छ । ‘विजयपुर जस्तो ऐतिहासिक राजनीतिक थलो रहेको धरानलाई प्रदेश राजधानी बनाउन चाहेन,’ नेता राईले भन्नुभयो -“अन्तर्राष्ट्रिय सिमानाभन्दा ५० किलोमिटरको दूरीमा राजधानी हुनुपर्ने सुझाब लत्याउँदै भारत नजिक बिराटनगर राखेका छन् ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *