Loading...
नेकपाका उम्मेदवार बिक्रम चौधरीको घरमा प्रेसर कुकुर बम बिस्फोट, कसले गरायो बिस्फोट ?

१२ मंसिर, महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाका उम्मेदवार बिक्रम चौधरीको घरमा बम बिस्फोट भएको छ ।

पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि उठेको उम्मेदवार चौधरीको घरमा अहिले साँझ बम बिस्फोट भएको हो ।

चौधरीको शौचालय अगाडि प्रेसर कुकुर बम बिस्फोट भएको देखिएको छ । क्षति केही भएको छैन । चौधरीको पिपरा ४ स्थित घरमा बिस्फोट भएको हो । बिस्फोट कसले के उद्देश्य सहित गराएको हो खुल्न सकेको छैन। बिस्फोटबाट कुनै क्षति नभएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *