Loading...
विना कारण अपराधी शैलीमा प्रहरीले पक्राउ गरेकाले  न्याय माग्न अदालत जान्छु – नेता दास

मंसिर १२ गते । काठमार्डौ । रातभरी प्रहरी हिरास्तमा रहेर छुटेका समाजवादी पार्टी रौतहटका नेता राजकुमार दासले आफुलाई प्रहरीले विना कारण अपराधी शैलीमा पक्राउ गरेको प्रतिक्रिया दिएका छन । उपनिर्वाचनलाई प्रभावित गर्ने गरी आफुलाई मंगलवार राति समनपुर प्रहरी चौकीका ईन्चार्ज अरविन्द साह र ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी समनपुरबाट पक्राउ गरेको नेता दासले बताएका छन । मंगलवार राति ११ बजेको समयमा प्रहरीले नेता दासलाई पक्राउ गरी बुधवार विहान छाडेको थियो । प्रहरीले विना कारण आफुलाई अपहरण र गुण्डाको शैलीमा पक्राउ गरेको युवा नेता दासले आरोप लगाएका छन । नेता दासले प्रहरीको दमनको विरुद्धमा समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन । नेता दासले लेखेको स्टाटसमा तनासाह एवं डाका शैलीमा गाली गलौज समेत गरी आफलाई प्रहरीले विना कारण पक्राउ गरेको आरोप लगाएका छन । समनपुर र गरुडा प्रहरीले मंगलवार राति करीब १ बजे घर परिवार लाई थाह हुन नदिने गरी घरको ढोकाबाट उठाई अपहरण गरी लगेको र मानसिक यातना दीएर झूठो बिवरन बनाई आफनो चरित्र हत्या गर्ने प्रयास गरेको नेता दासले बताएका हुन । युवा नेता दासले प्रहरीको यस्तो अमानवीय व्यवहार कार्यलाई घोर निंदा गरेका छन । प्रहरीले अपहरण शैलीमा आफुलाई पक्राउ गरेको भन्दै युवा नेता राजकुमारले उपनिर्वाचनपछि सम्बन्धित निकायमा न्याय माग्न जाने बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *