
अर्जुन सापकोटा (संयोग)
योकोसुका जापान।
दलाल नोकरशाही पूंजीपति वर्ग के लाई भनिन्छ भन्नेकुरा पहिचान गर्न त्यत्ति गाह्रो छैन सजिलै छ । दलाल नोकरशाही पुंजीपति वर्ग भनेको राज्य संयन्त्रको मातहतमा रहेको त्यो भ्रष्ट तलबी कर्मचारी अथवा राष्ट्रसेवक भनिने देशको जागीर गर्ने जनताको खुन पसिनाबाट उठेको कर तलवखाने देशको नोकर हो जसले आफ्नो पदीय अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गरेर अथवा राज्यकोषमा उठ्ने राजस्वको दोहन गरेर अकुत सम्पति कमाउंछ । अर्थात सेवालिने सेवाग्राही ठेक्का पट्टा गर्ने ठेकेदारहरु विभिन्न राज्यनिर्माणमा छुट्याएको बजेटमा कमिसन तथा अपराधीबाट टेवल मुनीवाट घुस खाएर, राजश्व संकलन गर्दा त्यसलाई राज्यकोषमा जम्मा नगरेर,सरकारी जमीन जिन्सी तथा रकम हिनामिना गरेर, सरकारी सेवा मा रहॅदा राज्यलाई बिल भुक्तानी गर्ने वस्तु खरिद गर्दा मूल्य बढाएको रकम देखाई त्यसैमा पनि राज्यको पैसा चप्काएर, विदेशबाट सेवा र वस्तुहरु जस्तै हातहतियार खरखजाना जहाज युद्द सामाग्री ईंधन राशन पानी तेल लगायतका वस्तुहरु खरिद गर्दा विदेशी लगानीकर्ताबाट मोटो कमिसन खाएर राज्यकोआन्तरिक अखण्डता र गोपनीयता विदेशीलाई बेचेर, राज्यबाट लिने सेवामा अनुचित भौतिक तथा आर्थिक सुविधा लिएर, राज्यको सरकारी स्रोत साधनको चरम दुरुपयोग गरेर, अर्थात यावत प्रकारका भ्रष्टाचार एवं अनैतिक कार्यहरु गरी देशलाई कंगाल जनतालाई झन् झन् गरीब र बेहाल बनाउॅदै आफ्नो र आफ्ना परिवार नातागोता झोले कार्यकर्ताहरु आसे पासे हरुलाई राज्यकोषको रकमबाट मस्ती गराउँदै नातागोता तथा आफन्तजनको नाममा अकुत धन सम्पति थुपार्ने राज्यकै सेवक बनेर राज्यलाई नै लुट्ने लुटेरा वर्गलाई दलाल नोकरशाही पूंजीपति वर्ग भन्ने गरिन्छ ।
समग्रमा जनता कै साधन स्रोत जनता कै पैसा र जनतालाई नै नोकर संझने र जनताको सेवक होईन जनताको मालिक हुँ भनेर आँफुलाई प्रस्तुत गर्ने हाम्रो सरकारी संयन्त्र र हाम्रो देशमा मौलाउँदै गरेको बेथिति नै दलाल नोकरशाही ब्यवस्था हो भन्ने मेरो ठम्याई छ ।
Facebook Comments