Loading...
केहि दिनमै प्रदेश २ को सरकारी कार्यालयहरुमा मधेशी कर्मचारीहरु काम गर्ने – मन्त्री सोनल

ओम प्रकाश यादव मंसिर १२ गते । रौतहट । प्रदेश नं २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री जितेन्द्र सोनलले संघिय सरकार संघियता असफल पार्ने खेलमा लागेको आरोप लगाएका छन । नेकपा सरकारको कारण संघियता धरापमा पर्दै गएको मन्त्री सोनलले बताएका हुन । रौतहटको गुजरा नगरपालिका वडा नं ४ कनकपुरमा आज गढिमाई मेलाको उदघाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री सोनलले केन्द्रिय सरकार संघियतालाई असफल गर्ने सडयन्त्र गरेपनि त्यो कुनै पनि हालतमा आफुहरु सफल हुन नदिने दावी गरेका छन । प्रदेश २ को सरकारले प्रदेशमा आफनै कर्मचारी भर्ना गर्नको लागि लोक सेवा आयोग गठन गरिसकेको हुँदा अबको केहि दिन भित्रमै प्रदेश २ को सरकारी कार्यालयहरुमा प्रदेश सरकारकै मधेशी कर्मचारीहरु काम गर्ने समेत उहाँले बताउनुभयो । अबको पाँच वर्ष भित्रमा प्रदेश २ को गाउँ गाउँ टोल टोलमा अधुरा रहेका सडक, नाला, पुल, खानेपानी, सिचाई सहित भौतिक पूर्वाधारका काम पुरा गर्ने प्रदेश सरकार निति लिएको उहाँले बताउनुभयो । कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री जितेन्द्र सोनलले अबको पाँच वर्ष भित्रमा प्रदेश २ का सम्पुर्ण डोम, हलखोर र मुसहरको घर प्रदेश २ को सरकारले बनाउने समेत बताएका छन । कार्यक्रमको अवसरमा मन्त्री सोनलले आफनो कार्यकाल भित्रमै कनकपुरमा रहेको गढिमाई मन्दिरको छेउमा एउटा धर्मशाला बनाउने उदघोष गरेका हुन । प्रदेश र समाजको सर्वाङगीक विकासका लागि प्रदेश सरकार गम्भिर रहेको बताउदै उनले गुजरा नगरपालिकाको समग्र विकासका लागि प्रदेश सरकार कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका हुन । कार्यक्रमको सम्बोधन गरेका मन्त्री सोनलले शुरुमै आफु मन्त्री हैन प्रदेश २ का चौकिदार रहेको बताएका थिए । जग्गा पाए गुजरा नगरपालिकामा १० देखी लिएर २० मेगावाटको शोलार लगाउनको लागि आफु तयार रहेको समेत उनले बताए । विसं २०७३ साल चैत्र २३ गते राजपाका रौतहट जिल्ला अध्यक्ष राम प्रवेस दासको विशेष पहलमा पुर्व प्रहरी महानिरीक्षक आईजिपी प्रदिप शम्शेर जवराले कनकपुर स्थित गढिमाई मन्दिरको शिलान्यास गरेका थिए । भौतिक पूर्वाधार मन्त्री सोनले आज एक भव्य समारोहका विच मेलाको उदघाटन गरेसँगै कनकपुर गढिमाई मेला आजदेखी शुरु भएको छ । मेलामा विभिन्न किसिमका खेल तमासाका साथै मनोरंजनात्मक प्रोग्रामको पनि व्यवस्था गरिएको छ । श्री गढिमाई मेला व्यवस्थापन तथा विकास परिषद कनकपुरद्धारा आयोजित मेला उदघाटन समारोहमा राजपाका बरिष्ठ उपाध्यक्ष गोविन्द चौधरी, प्रदेश सांसद नागेन्द्र यादव, राजपाका जिल्ला अध्यक्ष राम प्रवेस दास, केन्द्रिय सदस्य खेन्हा राय यादव, सहित राजपाका विभिन्न नेता कार्यकर्ताहरु सहित प्रमुख जिल्ला अधिकारी किरण कुमार थापा, प्रहरी उपरीक्षक एसपी भुपेन्द्र खत्री लगाएतको सहभागिता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *