Loading...
कांग्रेस-नेकपा दोश्रो हुनलाई प्रतिष्प्रर्धा गर्दै, २७० मतले जित्ने समाजवादी उम्मेदवार गुरुङको दावी

पोखरा,  मंसिर
मंसिर १४ गते कास्की क्षेत्र नं.२ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार ईञ्जिनियर धर्मराज गुरुङ विजयी हुने दावी गर्नुभएको छ। क्षेत्रमा पर्ने ११ वटै वडाहरुमा घरदैलो, मतदातासँग भेटघाट र चुनावीसभाहरु सम्पन्न पश्चात बुधवार उहाँले भन्नुभयो, मेरो जित सुनिश्चित छ।पुराना पार्टी र नेताहरुसँगको वितृष्णा, समाजवादी पार्टीको सैद्धान्तिक मुल्य मान्यता तथा स्वच्छ छविको नेतृत्व एव आफु पनि समनता र समृद्धिका लागि उम्मेदवार बनेकाले मतदाताहरुले सक्षम बिकल्प पाएको भन्दै देखाएको अपनत्वले पनि आफु विजयी हुने उहाँको भनाई थियो।
१५ हजार ९ सय मत प्राप्त गरेर आफुले प्रतिस्पर्धीहरुलाई पछि पार्ने उम्मेदवार ई.गुरुङको विश्लेषण छ। प्रतिस्पर्धा भने निकै नै हुने भन्दै आफुले २७० मतले जित्ने बताउनुभयो।बैकल्पिक शक्ति समाजवादी पार्टी तर्फबाट आफ्नो उम्मेदवारी रहेको बताउनुहुदै उहाँँले दोश्रो र तेश्रोका लागि काँग्रेस कम्युनिष्टहरुले प्रतिस्पर्धा गरिरहेको बताउनुभयो।
शुन्य समयमा अनैतिक चलखेल हुने गर्दछन, तपाईको अमुल्य मत खरिद गर्न आउनेलाई कारवाही गर्न ई.गुरुङको भनाई थियो। केही स्वार्थमा मतदाता विक्यौं भने आफ्नो दुर्दशा त्यहीबाट शुरु हुने हुन्छ भन्नुहुदै राजनिति सेवा र मुलुकको समृद्धिको लागि हो तर नेपालमा त राजनितिलाई व्यवसाय, भ्रष्टचारको अखडा, कमिशन खाने हतियार बनएको भन्दै खबरदारी समेत गर्नुभयो । समानताका लागि हात, मुलुक समृद्धिका लागि हात चिन्हमा मतदान गरिदिनुहुन उहाँको अनुरोध छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *