सखुअवा माविमा । ओम प्रकाश यादव मङसिर १३ गते । रौतहट । रौतहटको माधवनारायण नगरपालिका वडा नं ३ श्री देवी माध्यमिक विद्यालय सखुअवामा शिक्षकको अभाव भएको छ । शिक्षक अभाव भएको कारण विद्यार्थीहरुको पठन पाठन प्रभावित भएको छ । गणित, विज्ञान गरी तिन वटा विषयका शिक्षक नहुँदा आफुहरुको पठन पाठन पाँच दिन देखी प्रभावित भईरहेको कक्षा ९ मा अध्ययनरत रुपेश महतोले गुनासो गरेका छन । तुरुन्त शिक्षकको व्यवस्था गरी आफुहरुको बन्द रहेको पठन पाठन सुचारु गर्न विद्यार्थीहरुले विद्यालयसँग माग गरेका छन । विद्यालयका प्रधानाध्यापक सुरेन्द्र यादवले शिक्षकहरुको अन्यत्र सरुवा भएकोले अहिले तत्कालको लागि शिक्षकको अभाव भएको स्वीकार गर्दै तुरन्त शिक्षकको व्यवस्थ गर्ने प्रतिक्रिया दिएका छन ।
Loading...
Facebook Comments