Loading...
मेयर यादवको पहलमा करोडौको लागतमा झोलुङ्गे पुल र खेसरहियामा हस्पिटल निर्माण हुँदै

ओम प्रकाश यादव मङसिर १३ गते । रौतहट । रौतहटको माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादवले यस वर्ष बागमति नदिमा झोलुङ्गे पुल निर्माण गर्ने बताएका छन । रौतहटमै पहिलो पटक श्री देवी माध्यमिक विद्यालय सखुअवामा पशु विज्ञान डिप्लोमा तहका कक्षाको उदघाटन कार्यक्रममा आज बोल्दै मेयर यादवले नगरका पुर्वि भेग स्थित बागमति नदिको खरकी रजवाडा घाटमा झोलुङ्गे पुल निर्माण गर्ने बताएका छन । केन्द्रिय बजेटबाट करोडौको लागतमा बन्न गईरहेको उक्त झोलुङ्गे पुलको निर्माण कार्य यसै आर्थिक वर्ष देखी शुरु हुने मेयर यादवले बताए । करिव ८ करोडको लाग्तमा निर्माण हुन गइरहेको पुलको निर्माण कार्य दुई वर्षमा सकिने मेयर यादवले बताउनुभयो । पुलको टेण्डर समेत भईसकेको र अब चाडै निर्माण कार्य पनि शुरु हुने उहाँले बताउनुभयो । वर्षोदेखी खरकी रजवाडा घाटमा पुल नहुँदा नगरपालिकाका माधोपुर, सिंगारमन धर्मपुर, लौकाहा सहित पुर्वी भेगका दर्जनौ गाउँका बासिन्दाहरु डुंगामा जोखिम पुर्ण यात्रा गर्दै आएका छन । स्थानीयहरुले पुल बनाउन पटक पटक ताकेता गरेपछि उक्त पुल निर्माण गर्ने तर्फ मेयर यादवको ध्यान गएको हो । पुल निर्माण भएपछि अहिले जोखिम पुर्ण यात्रा गर्न बाध्य भएका सर्वसाधारणलाई राहत मिल्ने छ । त्यस्तै यसै कार्यक्रममा नगर प्रमुख विरेन्द्र यादवले नगरका वडा नं २ खेसरहियामा एउटा सुविधा सम्पन्न १५ शैयाको हस्पिटल पनि निर्माण गर्ने बताएका हुन । यसै आर्थिक वर्षमा खेसरहियामा उक्त हस्पिटलको निर्माण कार्य शुरु हुने मेयर यादवले प्रस्ट पार्नुभयो । हस्पिटलको टेण्डर भइसकेकोले अब निर्माण कार्य पनि चाडै शुरु हुने उहाँले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटबाट उक्त हस्पिटल निर्माण हुन गइरहेको मेयर यादवले बताए । हस्पिटल दुई वर्षको भित्रमा निर्माण भइसक्ने नगर प्रमुख यादवको भनाई छ । माधवनारायण नगरपालिकामा एउटा पनि राम्रो हस्पिटल नरहेको हुँदा कसैलाई कुनै समस्या हुँदा विरगंज, काठमार्डौ जानु पर्ने बाध्याता रहेकोले उक्त हस्पिटल निर्माण गर्न लागेको मेयर विरेन्द्र यादवले बताएका हुन । समयमै उपचार हुन नसक्दा ज्यान पनि जान सक्ने भएकोले सुविधा सम्पन्न हस्पिटल नगरपालिकामा निर्माण गर्न लागेको उनले बताए । ह्स्पिटलको निर्माण भएपछि नगरवासीलाई ज्यान सुरिक्षत हुने र नगरवासीले भरपर्दो सेवा आफनै गाउँ ठाउँमा पाईनेमा मेयर यादव विस्वस्त रहेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *