Loading...
रौतहटमा भएको उपनिर्वाचनमा ८५ प्रतिशत मतदान, मतगणना पनि अबको केही बेरमै शुरु हुने

ओम प्रकाश यादव मङसिर १४ गते रौतहट । रौतहटमा आज भएको उपनिर्वाचन शान्तिपुर्ण वातावरणमा सम्पन्न भएको छ । जिल्लाको गढिमाई नगरपालिका वडा नं २ को अध्यक्ष पदका लागि भएको चुनावमा ८५ प्रतिशतसम्म मत खसेको हो । गढिमाई नगरपालिकाको समनपुरमा दुई र हथिऔलमा एक गरी तिन वटा मतदान केन्द्रमा भएको निर्वाचनमा ८५ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय गौरले जनाएको छ । समनपुर वडामा महिला पुरुष गरी कुल १८२२ मतदाता संख्या रहेकोमा आज भएको निर्वाचनमा १५४४ जनाले भोट खसालेको प्रमुख जिल्ला अधिकारी किरण कुमार थापाले बताउनुभएको छ । निर्वाचनमा ८०५ पुरुष र ७३९ महिला मतदान गरेको सिडियो थापाले बताउनुभयो । मतगणना पनि अबको केही बेरमै शुरु हुने र मत परिणाम पनि सम्भवत आजै राति आउन सक्ने सम्भावना रहेको सिडियो थापाले बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *