Loading...
अहिको चुनाबमा पनि नेकपा नै अगाडि, फहरायो जितको झण्डा, यी तिन ठाउमा बिजयी घोषित

१४ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपनिर्वाचनको मतपरिणाम आउदै गर्दा तिन ठाउमा सफलता हात पारेको छ । कन्चनपुरको पुनर्वास नपा वडा न ३ को अध्यक्षमा नेकपाका कृष्ण बहादुर तामाङ भारी मतान्तरले विजयी भएका छन । ९२४ मत खसेकोमा विजयी तामाङले ५२८ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका दीपबहादुर तामाङले ३१० मत प्राप्त गरेका छन । त्यसैगरी रोल्पाको थवाङमा भएको उपनिर्वाचनको मत गणना सकिएको छ । जसअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनकबहादुर बुढा १७४ मत ल्याएर थवाङ १ को अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

कांग्रेसका कलमबहादुर बुढाले २६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी सल्यानको कुमाख गाँउपालिका ५ मा भएको उपनिर्वाचनमा नेकपाका उम्मेद्वार विजयी भएका छन् । कुल ११२४ मत मध्य नेकपाका उम्मेद्वारले ७९२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवारले २५१ मत प्राप्त गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *