Loading...
कास्कीमा समाजबादी पार्टीले पायो सम्मानजनक भोट, यी पार्टीहरु भन्दा समाजबादी अगाडि

मंशिर १४ गते भएको उप निर्वाचनमा समाजबादी पार्टीले सम्मान जनक मत प्राप्त गरको छ । स्थानिय निकायको चुनाबको बेला ३ सय ८० मत प्राप्त गरेको समाजबादी पार्टीले अहिलेको चुनाबमा १ हजार भन्दा बढि मत प्राप्त गरेको छ । यति मात्र होइन भोटको हिसाबले समेत समाजबादी पार्टी तेस्रो स्थानमा रहेको छ । पोखरा महानगरपालिकाको ५ वटा वडाको २५ हजार ५ सय ३३ मत गणना हुँदा समाजवादी पार्टीका धर्मराज गुरुङले १०८० , साझा पार्टीकी रजनी केसीले ३ सय ५८ र राप्रपाका रोमबहादुर भण्डारीले ३ सय ६० मत पाएका छन् । विवेकशील पार्टीकी जमुना शर्माले ३२ भोट पाएकी छन् ।

कास्की क्षेत्र नम्बर २ मा ११ दल र १० स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । ७१ हजार ८ सय ७१ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ५ सय ६३ मत खसेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *