Loading...
प्रदेश२ चुनाबको कमाल- सरकारको अनुमोदन समाजवादीको जनधारमा वृद्धि, यस्तो छ मुल्यांकन

 अतिश कुमार मिश्र

आलोचक तथा प्रतिपक्षीहरुले प्रदेश २ को सरकारको आलोचना गर्दै सरकारलाई कमजोर बनाउन सम्पूर्ण शक्ति लगाई रहेकै बेला मंसिर १४ गते सम्पन्न उपनिर्वाचनको माध्यमले प्रदेश २का जनताले मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारलाई अनुमोदन गरेको छ । प्रदेश नं. २मा १ गाउँपालिका र ९ वडा सहित १० स्थानमा उपनिर्वाचन सम्पन्न भएको हो । त्यहाँको मत परिणामले प्रदेश २का जनता प्रदेश सरकारको कामकाज बाट प्रशन्न रहेको मत परिणामले पुष्टि गरेको छ । उपनिर्वाचन सम्पन्न भएको ९ वटा वडा मध्ये सरकारको नेतृत्वकर्ता दल समाजवादी पार्टीले ४ वडा, सत्ता गठबन्धनका राष्ट्रिय जनता पार्टीले २ वडा, नेपाली काँग्रेसले २ वडा र नेकपाले १ वडामा जीत हात पारेका छन । समाजवादी पार्टीले जितेका वडाहरुमा २ वटा पुरानो वडालाई निरन्तरता दिएका छन भने थप दुई वटा जसमा काँग्रेस र तत्कालिन एमालेले जितेको थियो त्यहाँ आफनो झण्डा फहराएका छन । पर्साको सखुवा पर्सौनी ५मा समाजवादी पार्टीका रूपलालकुमार यादव १०३१ मत ल्याई विजय भएका छन ।

सखुवा पर्सौनीमा यस अघि पनि समाजवादी नै जितेका थिए । भने बारा जिल्लाको बारागढी गाउँपालिका– १ मा समाजवादीका सुरेशप्रसाद चौधरी ७४९ मत ल्याई विजय भएका छन । यो सिट समाजवादी पार्टीले बोनसमा पाएका हुन । यस अघिको निर्वाचनमा नेपाली काँग्रेस विजय भएका यस वडामा राजपाले छुट्टै उम्मेदवार उतारेको भए पनि समाजवादीले जित्नुलाई समाजवादीको जनधारमा वृद्धि भएको तथ्यलाई पुष्टि गरेको छ । त्यस्तै महोत्तरी को बलवा नगरपालिका– ८ मा समाजवादी पार्टीका रामबाबु महतो ६५९ मत ल्याई विजय भएका छन । यो सिट यस अघि पनि समाजवादीले नै जितेको थियो । यस वडा समाजवादी पार्टीका उम्मेदवारलाई सत्तारुढ गठबन्धनका राजपाले समेत समर्थन गरेको थियो । सर्लाहीको हरिपूर्वा नगरपालिका– १ मा समाजवादीकै श्यामबाबु राय ३४७ मतले विजयी भएका हुन । यस अघिको निर्वाचनमा नेपालले जितेको सो वडामा राजपा छुटै उम्मेदवार खडा गरे पनि समाजवादीले जित्नुलाई समेत समाजवादीको जनाधारमा वृद्धि भएको माननु पर्दछ । यस वडामा राजपा र नेकपा समान मत ३२८ प्राप्त गरि निकटतम प्रतिद्वन्दीको रुपमा रहेको थियो । यता यस अघिको चुनावमा राजपाले ३ वटा वडा र एउटा गापा जितेको थियो । तर उप निर्वाचनमा राजपाले एकटा वडा रौतहटको गढीमाई तथा पिपरा गा.पा गुमाएको छ । भने दुई वटा वडा महोत्तरीको मटिहानी नगरपालिका– ६ र सप्तरीको छिन्नमस्ता गा.पाको वडा नं. ७ लाई जोगाउन सफल भएको छ । यस दुबै स्थानमा राजपाको उम्मेदवारलाइ समाजवादी पार्टीले सहयोग गरेको थियो । भने पराजित भएको रौतहटको गढीमाई र महोत्तरीको पिपरा गा.पामा राजपा र समाजवादीले छुट्टा छुट्टै उम्मेदवार उतारेका थिए ।

महोत्तरीको पिपरा गा.पामा नेकपा जित्नुलाई कतिपय आलोचकहरुले प्रदेश सरकार संग जनता असन्तुष्ट भएको भनि प्रचार गरि रहदा त्यहाँको मत परिणामको विश्लेषण गर्दा पिपरा गा.पामा समेत प्रदेश नं.( २का सत्ता रुढ गठबन्धनलाई जनताले अपार माया गरेको प्रष्ट देखिन्छ । यस अघिको निर्वाचनमा राजपाले जितेको उक्त गा.पा.मा निकटतम प्रतिद्वन्दी तत्कालिन नेकपा एमाले थियो भने तेस्रो स्थानमा माओवादी केन्द्र रहेको थियो र तत्कालिन समाजवादी फोरम पुछारमा रहेर एक हजार मत समेत कटाउन सकेको थिएन तर उप निर्वाचनमा एमाले र माओवादी एकीकरण भएर बनेको नेकपा झिनो २०८ मतले विजयी हुँदा समाजवादी पार्टी ३ हजार ३८ र राजपाले २९८४ मत प्राप्त गरेका छन । विगतको निर्वाचन परिणाम र अहिलेको निर्वाचन परिणामले प्राविधिक रुपमा नेकपालाई विजयी बनाए पनि जनाधारका हिसावले प्रदेश २को सरकारलाई पिपराको जनताले अनुमोदन गरेको स्पष्ट हुन्छ । मधेश आन्दोलनको जगमा प्रदेश २मा गठन भएको सरकारले प्रदेशको विकास र समाजिक रुपान्तरणको लागी चालेको कदमहरुलाई प्रदेश २का जनताले अनुमोदन गरि रहेको अवस्थामा जनताको विश्वासलाई कायम राख्नु प्रदेश २को सरकारको लागी उप निर्वाचनको परिणामले नयाँ चुनौती भने अवश्य थपेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *