Loading...
चुनाबमा राजपाले १ वडा र पिपरा गा.पा डुबाउदै गर्दा यो सिट समाजवादीले बोनसमा पाए – मिश्र

अतिस कुमार मिश्र

प्रदेश नं. २ मा १ गाउँपालिका र ९ वडा सहित १० स्थानमा उपनिर्वाचन सम्पन्न भएको हो । त्यहाँको मत परिणामले प्रदेश २ का जनता प्रदेश सरकारको कामकाज बाट प्रशन्न रहेको मत परिणामले पुष्टि गरेको छ । उपनिर्वाचन सम्पन्न भएको ९ वटा वडा मध्ये सरकारको नेतृत्वकर्ता दल समाजवादी पार्टीले ४ वडा, सत्ता गठबन्धनका राष्ट्रिय जनता पार्टीले २ वडा, नेपाली काँग्रेसले २ वडा र नेकपाले १ वडामा जीत हात पारेका छन । समाजवादी पार्टीले जितेका वडाहरुमा २ वटा पुरानो वडालाई निरन्तरता दिएका छन भने थप दुई वटा जसमा काँग्रेस र तत्कालिन एमालेले जितेको थियो त्यहाँ आफनो झण्डा फहराएका छन । पर्साको सखुवा पर्सौनी ५मा समाजवादी पार्टीका रूपलालकुमार यादव १०३१ मत ल्याई विजय भएका छन ।

सखुवा पर्सौनीमा यस अघि पनि समाजवादी नै जितेका थिए । भने बारा जिल्लाको बारागढी गाउँपालिका– १ मा समाजवादीका सुरेशप्रसाद चौधरी ७४९ मत ल्याई विजय भएका छन । यो सिट समाजवादी पार्टीले बोनसमा पाएका हुन । यस अघिको निर्वाचनमा नेपाली काँग्रेस विजय भएका यस वडामा राजपाले छुट्टै उम्मेदवार उतारेको भए पनि समाजवादीले जित्नुलाई समाजवादीको जनधारमा वृद्धि भएको तथ्यलाई पुष्टि गरेको छ । त्यस्तै महोत्तरी को बलवा नगरपालिका– ८ मा समाजवादी पार्टीका रामबाबु महतो ६५९ मत ल्याई विजय भएका छन । यो सिट यस अघि पनि समाजवादीले नै जितेको थियो । यस वडा समाजवादी पार्टीका उम्मेदवारलाई सत्तारुढ गठबन्धनका राजपाले समेत समर्थन गरेको थियो । सर्लाहीको हरिपूर्वा नगरपालिका– १ मा समाजवादीकै श्यामबाबु राय ३४७ मतले विजयी भएका हुन । यस अघिको निर्वाचनमा नेपालले जितेको सो वडामा राजपा छुटै उम्मेदवार खडा गरे पनि समाजवादीले जित्नुलाई समेत समाजवादीको जनाधारमा वृद्धि भएको माननु पर्दछ । यस वडामा राजपा र नेकपा समान मत ३२८ प्राप्त गरि निकटतम प्रतिद्वन्दीको रुपमा रहेको थियो । यता यस अघिको चुनावमा राजपाले ३ वटा वडा र एउटा गापा जितेको थियो । तर उप निर्वाचनमा राजपाले एकटा वडा रौतहटको गढीमाई तथा पिपरा गा.पा गुमाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *