Loading...
अरुको मत घटेको छ, समाजवादी पार्टीको तिन गुणा बढोत्तरी भएको छ – अध्यक्ष गुरुङ

समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा तमुवान राष्ट्रिय समितिका अध्यक्ष हुमबहादुर गुरुङले कास्की मा भएको उपनिर्वाचन मा अरुको मत घटेको तथा समाजबादी पार्टीको मत तिन गुणा ले बढेको बताउनु भएको छ । स्थानीय निकायको चुनाब मा ५८० मत ल्याएका समाजबादी पार्टीले अहिलेको चुनाबमा १९२२ मत ल्याएपछि भोट हाल्ने सम्पूर्ण जनतालाइ धन्यबाद दिदै उहाले आफ्नो फेस बुक एकाउण्ट मा यस्तो लेख्नु भएको छ ।

 

हार्दिक धन्यवाद एवम बधाई
मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा
अत्यन्तै कर्मठ, ईमान्दार, अनुभवी, मुलुक परिवर्तनको लक्ष्यसहित चुनावी प्रतिष्पर्धामा रहनु भएका समाजवादी पार्टीका उम्मेदवार ईन्जिनियर धर्मराज गुरुङलाई “हात” चिन्हमा मतदान गर्नुहुने, निर्वाचन अभियानमा जुट्नुहुने सम्पुर्ण मतदाता, अभियन्ता, सहयोगीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । संख्यामा केही पछि परे पनि हात चिन्ह बिजयी बनेको छ, जति मत प्राप्त भएको त्यति मतदाताको मन जितेका छौं । अरुको मत घटेकाछ,समाजवादीको तिन गुणा बढोत्तरी भएको छ । एकदिन संख्यामा पनि हामीले जित्नेछौँ, कृयाशीलता र निरन्तरता आवाश्यक छ ।
कास्की क्षेत्र नं.२ को उपनिर्वाचनमा भारी मतले बिजयी हुनुभएकी क.बिद्या भट्टराई अधिकारीलाई हार्दिक बधाई । बिभेदमा पारिएको महसुस गरेका जाती, बर्ग, समुदाय, लिंग, क्षेत्रलाई समानताको अनुभूति गराउन पहल गर्नुहोला शुभकामाना।

हुमबहादुर गुरुङ
अध्यक्ष, तमुवान राष्ट्रिय समिति
केन्द्रिय सदस्य, समाजवादी पार्टी

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *