Loading...
उपनिर्वाचनको सन्देश ः उपेन्द्र यादवको आधार मधेश, पहाडका जनताले गरे ठाडै अस्विकार

पत्रकार अनन्त अनुराग

#नेकपाः सरकारप्रति जनताको आक्रोस प्रतिबिन्बको रुपमा भक्तपुर र धरानको परिणाम देखियो । पहिले जुनमतान्तरले जित हासिल गरेको थियो, त्यो कायम हुन सकेन । यदपि जित संख्यात्मक रुपमा नेकपाले बढी हासिल गरे । सरकारको काम, पार्टी एकिकरणको प्रभाव जनता आंशिक रुपमा पुगेको देखियो । गम्भीर समिक्षा जरुरी छ ।

#काँग्रेसः काँग्रेसले पपुलर मत प्राप्त गर्न सफल भएको देखिन्छ । उपनिर्वाचनको मतपरिणामबाट काँग्रेसमा उत्साह देखिएको छ । यदपि नेतृत्व कमजोर भएको हुनाले अपेक्षाकृत रुपमा अझै राम्रो गर्ने ठाँउ थियो । निकै मेहनतको जरुरी छ ।

#सपाः सपाको आधार मधेश नै हो पुनः सावित भएको छ । उपेन्द्र यादव पहाड पुगे तर पहाडका जनता उपेन्द्र यादव सम्म पुगेनन अथवा उपेन्द्र यादवलाई पहाडका जनताले ठाडै अस्विकार गरी दिए । सपाले भने जस्तै उपेन्द्र यादवको नेतृत्वमा बैकिल्पक शक्ति बन्ने आधार देखिएन । आदिवासी जनजाति बाहुल्य धरान र पोखराबाट सपाले जति मत प्राप्त गरे त्यो चिन्ताको विषय हो । उपेन्द्र यादवले राष्ट्रिय पार्टी बनाउने नाममा पहाडमा मिहनेत गरी रहने र मधेश मेरै हो भनेर बसी रहने हो भने मधेशका जनताले उपेन्द्र यादवलाई पनि विर्सन सक्छन् । उपेन्द्र यादवलाई मधेशमा अझै मिहनेतको खाँचो देखियो ।

#राजपाः प्रदेश २ सरकारको कर्तुतहरु नजिकबाट नियालेका मधेशका जनता र जनकपुरकै छेऊमा रहेको पिपराका जनता २ बर्ष देखि मन्त्री, मेयर र ठेकेदार लगायतका कर्तुतबाट परिचित थिए । राजपाको गढ मानिएको ठाँउमा नेकपाले झण्डा गाडे, संख्याको हिसावले यो केहि पनि नभएपनि राजपाका नेता महन्थ ठाकुरको गाँउ, प्रदेश २ का मन्त्री अभिराम शर्माको क्षेत्रको हिसावले राजपालाई सधैं भावनात्मक रुपमा जनता मतदान गर्न रुची देखाएनन । केन्द्रमा पनि ६ अध्यक्षहरुको रतौली जनताले मज्जाले बुझने मौका पाए । सच्चिनु जरुरी छ नभए अर्काे निर्वाचन भारी पर्ने संकेत देखा पर्यो ।

#जपाः पहिलो निर्वाचन भएको हुनाले जित्न नसकेपनि राजपा र सपाको हारका लागि एक शक्तिको रुपमा देखा परे । सामान्य रुपमा पिपरामा जपाले प्राप्त गरेको मत राजपा वा सपा सँग जोड्ने हो भन्ने जित मधेशी दलकै हुन्थ्यो । तर जपालाई राजनीतिक शक्ति नै नगन्ने राजपा र सपाले जपालाई नजर अन्दाज गर्नु घातक सिद्ध भयो । भोलीका दिनमा जपा अझै मुखर भएर आउने संकेत देखा परेको छ । जपा मधेश दलकै मत काट्ने देखियो ।

#अन्य पार्टीः नयाँ मुद्दा स्थापित गर्न खोजिएका पार्टीहरुको मुद्दा जनताले बुझन चाहेनन । जनता अझै पनि नेपालमा धेरै राजनीतिक शक्ति आवश्यकता नरहेको सन्देश दिन खोजेका छन् । नयाँ शक्ति, युवा शक्ति, बैकिल्पक शक्ति आदि आदिको विषयमा सामाजिक सन्जाल, इलिट बहसका लागि ठिक भएपनि जनस्तरमा यसको प्रभाव देखिएन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *