Loading...
रौतहट प्रहरी प्रमुखसंग दुवै हात जोडी बिनती छ, मधेश आन्दोलनको रिस नपोख्नुस – दास

समाजवादी पार्टीका युवा नेता राज कुमार दासले रौतहट प्रहरीलाई यस्तो पत्र लेख्नु भएको छ ।

म दलित समुदायको दास परिवार बाट जन्मेको हु । मेरो घरमा बुवा आमा,दाई भाउजु भतीजी भतीजा श्रीमती दुइटा छोरा र एउटा छोरी छन । म बिसुद्ध रूपले २०६४ साल देखी मधेशको पक्षमा आफ्नो धरना राख्दै बिभिन आन्दोलनमा सक्रिय रही अगाडी बढ्दै आज यहां समम् पुगेको हो । काम गर्ने क्रममा म पनि मानव हो केहि गलती नभएको होला भन्न सकिन तर त्यही पुरानो बिषयहरू लिएर उपनिर्वाचनको क्रममा पार्टीको निर्देशन अनुसार रौतहटको गाँढीमाइको वार्ड नं-२को उप चुनावमा प्रचारमा खटेको बेला राति करीब १०बजे हथियॉल टोलमा राजेश दास र अन्य एक ब्यक्ति लाई प्रहरीले समातेको अबस्थामा आफूहरु पुगदा one way बाटो रहेकोमा हामी त्यहा पुगदा छोडनको लागि आग्रह गरे वाहाहरु नमानेपछि पक्राउ ब्यक्ति लगे त्यस्पछी मेरो खास मतलब रहेन करीब दुइ घण्टा पछी म आराम गर्नको लागि घर गए । घर पुगेर जसरी स्कार्पियो बाट ओर्लेर कोठामा जान लगेको थियो त्यतिकैमा मलाई समातेर लगे त्यसपछि मसंग भएको ब्यबहारको बारेमा लेखन हिमत जुटी रहेको छैन हात जिउ र मुटु समेत कापिरहेको अबस्था छ तैपनि कमतिमा हिमत जुटाएर यो पोस्ट गरिरहेको छु की यथार्थ सबै जनसमुदायमा पुगोस।आफताब आलम लाई समात्यों त्यो राज्यको दायित्व थियो तर अहिले अफ्ताव आलमको नाम लिएर हामी जस्तालाई थरकाउनु र जथाभवि गाली गर्नु कतिको उचित हो।
सुरक्षाको अनुभूति दिने प्रहरी र राज्यको दायित्व हो तर यहा मलाई केहि ब्यक्तिगत रिसीबी बोकेका प्रहरी बाट नै सुरक्षाको चिंता बढेको छ। यस्तो अबस्थामा मेरो ज्यानको सुरक्षा परिवारको लागि चिंताको बिषय बन्नु स्वभाविक हो अतः यो विषयमा सबै पक्ष जिमेवार भई भयमुक्त बाताबरण बनाई दिन जिला प्रहरी प्रमुख संग मेरो विनम्र आग्रह छ।
१)चार पाँच जाना को समूहले मधेश आन्दोलनको रिस पोखन म संग प्रहरी डिपार्टमेंट बाट एक दुइ जाना अनुसन्धानका स्टाफ,घुमवा, सई , इंस्पेक्टर लगायत मिली मेरो चरित्र धमिलो बनाउने अहोरात्र लागिपडेको अबस्था छ ।
२)२०७६/०८/१० गते राति म संग प्रहरीले गरेको बयबहार परिवार जनलाई थाह नदीई मध्यरात्मा समनपुर ईलाकामा कार्यरत प्रहरी नायब निरीक्षक अरबिंद साहको टीम र गरूडमा कार्यरत प्रहरी इंस्पेक्टर रिर्पेन्दर सिंहले घरबाट उठाएर ११घण्टा सम्म बिना पक्राउ पुर्जीको हिरासतमा राखी मानसिक यातना दिएको र न्यायकोलागि आज गरुडा प्रहरी कार्यलय गएर पक्राउ पुर्जी माँगदा तपाइको रेकर्ड हाम्रो डिपार्टमेंटमा ठीक छैन केहि दिन मिल्दैन बरु झन हामीले मुदा चलाएन भनेर कुरा गर्दैनऔ जानुस भनेर फरकाए ।
३)अदालत जान केहि कागजात चाहिन्छ मेडिकल कागज,कुन सहमतिमा छुटेको त्यसको प्रतिलिपि कोपि,पक्राउपुर्जी तर मसंग कुनै कागजात छैन माँगदा गरुडा ईप्रकाले दिएन।
४)घटनाको सत्य छानबीनको लागि अदालत जाने मेरो बाटो खोलदीन समेत आग्रह छ।
अन्त्यमा मेरो राजनीतिक यात्रा रोकने प्रयास यस्तै केहि पात्रहरु बाट भैरहेको अबस्थामा मेरो अगाडिको जीवनको संघर्षको बाटो यो रबैयाले रोकने निश्चित देखिन्छ ।
बोधार्थ:-मानव अधिकार
नेपाल पत्रकार महासंघ रौतहट
राजनैतिक दल
संघ,संस्था
मधेशी नागरिक समाज
युवा नेता- राजकुमार दास
समाजवादी पार्टी रौतहट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *