Loading...
नेकपाले बिज्ञप्ति निकालेरै भन्यो – “नेकपा हराउ गरिबी भगाउ” (बिज्ञप्ति सहित)

सरोज “खिलाडी”

वामपन्थीहरुको पेलाइमा पर्दै आएका धराने जनताहरुको रिसको पेलाईमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परेको छ । नेकपाले नेपाली जनतालाई कर बढाएर दुख दिइरहेको बेला धराने जनतादवारा नेकपा बिरुद्ध एकजुट हुनु र कांग्रेसीजन यो उपचुनावमा एकजुट बन्नु, यसपालि कसैले पनि अन्तरघात नगर्नु नै कांग्रेसको जितको कारण बन्यो । र जित हात पारी छाडे । यस्तो हुनमा तिलकको शान्त स्वाभावले पनि काम गर्‍यो । उनी कांग्रेसका सबै गुटप्रति नरम मानिन्छन् । धरानको मेयरमा ०४८ सालयता नेपाली कांग्रेसले एकपटक पनि जित हात पारेको थिएन । ‘लालकिल्ला’का रुपमा चिनिँदै आएको धरानमा यसपालि एमाले र माओवादी मिलेको अवस्थामै कांग्रेसले फराकिलो मतान्तरमा चमत्कारिक जीत हात पार्‍यो । कांग्रेसका तिलकले २६७०९ मत ल्याउँदा नेकपाका प्रकाश राईले २३९१४ मत पाएका छन् । दुई उम्मेदवार वीचको मतान्तर फराकिलो, अर्थात २७९५ छ । स्वाभाविक रुपमा धरानका जनताका धेरै अपेक्षाहरु छन् । उपमहानगरपालिकाभित्र थुप्रै योजनाहरु अलपत्र छन् । यी योजनाहरुलाई अगाडि बढाउनुपर्ने एउटा चुनौती छ । जनताको अपेक्षा र भरोसालाई अगाडि बढाउनुपर्ने चुनौती छ । यी चुनौतीहरुलाई समाधान गर्नु कता कता उल्टो धरानमा नेकपा प्रदेश सरकारले जनता को रगत चुस्दै आएका थिए । त्यहि भएर जनताले चुनाबी घर दैलो कार्यक्रममा हुँदा पनि जनताले प्रत्येक घरमा करको दायरा कम गर्न भनेका थिए । तर नेकपाले वास्ता गरेन र हारको अमिलो स्वाद चाखे । नेकपाले हारपछी बिज्ञप्ति निकाल्दै करको दर घटाउन नेकपाले धरान उपमहानगर पालिका संसदीय दललाई निर्देशन दिने निर्णय समेत गरेको छ । हारपछि आफूहरुले गरेको गलत कर्तुतको मुल्यांकन गर्दै कर घटाउन भन्नु नै त देशै भरि नेकपालाई हराउन भन्नु त होनी । किनभने धरान जस्तै नेकपा सबै ठाउमा हार्यो भने कर घट्ने निश्चित छ । हारपछि नेकपा धरानले यस्तो बिज्ञप्ति निकाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *