Loading...
पार्टी कमिटी भद्दा बनाएको नेकपालाई अहंकार र दम्भ छाड्न जनताले धुलो चटाएको छ – नेपाल

२० मंसिर, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव नेपालले भर्खरै सम्पन्न भएको उपनिर्वाचनले कम्युनिष्टलाई बेलैमा सचेत हुन चेतावनी दिएको बताउनु भएको छ । जितेको ठाउँ समेत हारेपछि अब दम्भ छोडेर सच्चिने बाटोमा लाग्न जनताले निर्देशन दिएको उहाको भनाइ रहेको छ ।
मकवानपुरको मनहरि गाउँपालिकाको रमौली–प्रतापपुरमा भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले पार्टी कमिटी भद्दा भएको टिप्पणी समेत गर्नु भएको छ । नेता नेपालले नातावाद र कृपावाद तोड्न जरुरी रहेको धारणा राख्नु भएको छ ।
उहाले भन्नु भयो -” धरान, भक्तपुर र चितवनको नतिजाले जनताले होस गर है अहंकार नगर भन्ने सन्देश दिएको छ । पोखरा र दाङ जितेका छौं भनेर कमजोरी सुधार्नतिर नलागे आउँदा दिनमा अझ कमजोर बनिने नेता नेपालले बताउनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *