
२० मंसिर, वीरगञ्ज । वीरगञ्ज हेल्थ केयर अस्पतालले ब्रेन ट्युमरको उपचार गर्न सफल भएको छ । पर्साको जिराभवानी गाउँपालिका–३ को २२ वर्षीया ईन्दु कुमारी महतोको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको हो ।
ब्रेन ट्युमरको शल्यक्रियामा ८० हजार रुपैयाँ लिएको शुक्रबार पत्रकार सम्मेलन गरेर अस्पतालले जनाएको छ । औषधी लगायत अन्य खर्च जोड्दा उपचारमा १ लाखको हाराहारीमा खर्च लाग्ने अनुमान गरिएको छ । काठमाडौंमा उपचार गराउँदा २ लाख भन्दा बढी नै खर्च लाग्ने दाबी अस्पतालको छ रो सर्जन डा फिरोज अफजलले ७/८ वर्ष अघि नै पलाएको ट्युमरको सफल शल्यक्रिया गरिएको बताउनु भयो ।
डाक्टर अफजलले भन्नु भयो – “बेहोस अवस्थामा आएको बिरामी शल्यक्रिया पछि दुईवटै हात उठाउनुहुन्छ, बोलिरहनुभएको छ । आफ्नै हातले खाना खाने अवस्थामा हुनुपर्छ । यो भनेको धेरै सुधार आएको अवस्था हो ।’
सामान्य भाषामा जराबाट र बिना जराबाट गरी दुई किसिमको ट्युमर हुन्छ । जराबाट रहेछ भने फेरि फैलन्छ । फैलन नदिन रेडियो थेरापी र किमो थेरापी गर्नुपर्ने हुन्छ ।
ब्रेन ट्युमरको सफल उपचारबाट उत्साहित भएको बताउँदै अस्पतालका अध्यक्ष डा अबुलहैस अन्सारीले ब्रेन ट्युमरको उपचारका लागि काठमाडौं, भरतपुर लगायत अन्य सहरमा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनु भयो ।
Facebook Comments