Loading...
बिना पक्राउ पूर्जी बिपक्षी संग मिलेर, गुण्डा र अपहरणको शैलीमा मलाइ पक्राउ गर्यो – नेता दास

मंसिर रौतहटका चर्चित युवा एवं समाजवादी पार्टीका नेता राजकुमार दासले विपक्षीसँग मिलेर रौतहट प्रहरीले आफनो राजनीती सिध्याउने खेलमा लागेको आरोप लगाएका छन । विपक्षीको आडमा प्रहरी प्रशासनले आफुलाई विना कारण पटक पटक पक्राउ गरेर दुरव्यवहार गर्नुको साथै अमानवीय व्यवहार गर्ने गरेको नेता दासले बताएका हुन । आफुलाई हेर्न पनि नचाहने तत्वसँग मिलेर ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी समनपुरको प्रहरीले विना पक्राउ पुर्जीको उपनिर्वाचनको पुर्वसन्ध्यामा गत मंसिर १० गते राति १ बजेको समयमा रौतहटको गढिमाई नगरपालिका वडा नं २ समनपुरबाट घरपरिवारको सदस्यलाई कुनै जानकारी नदि आफुलाई गुण्डा र अपहरणको शैलीमा पक्राउ गरेको युवा नेता राजकुमार दासले बताए । २०७२ सालमा भएको मधेश आन्दोलनको क्रममा युवा नेता दासले गरुडामा भएको आन्दोलनको नेतृत्व गरेका थिए । नेता दासले गरुडामा भएको आन्दोलको नेतृत्व गर्दै मधेश आन्दोलनलाई सफल बनाउन निर्णायक भुमिका खेलेका थिए । मधेश र मधेशीको हक अधिकारको लागि राज्यसँग भएको ६ महिने लडाईमा नेता दासले त्यतीबेला आफनो ज्यानको कुनै प्रवाह नगरी आन्दोन गरेकै कारण गरुडाको आन्दोलन सफल भएको थियो । यति मात्रै नभएर नेता दासले २०६४ सालदेखी नै मधेशी जनताको न्याय र अधिकारको लागि राजनीती गर्दै आएका छन भने विभिन्न आन्दोलनको पनि कमाण्ड सम्हाल्दै आएका छन । तसर्थ मधेश आन्दोलनका बेला गरुडामा भएको आन्दोलनको कमाण्ड सम्हालेकै निहुमा अहिले आएर त्यसैको रिस साध्न केहि दलका ठुल ठुल्ला नेताहरु प्रहरीलाई प्रयोग र परिचालन गरेर आफनो राजनीती नै सिध्याईदिने सडयन्त्रमा लागेको नेता दासको आरोप छ । जस्तो सुकै सडयन्त्र गरेपनि आफनो राजनैतिक यात्रालाई कसैले चाहेर पनि समाप्त गर्न नसक्ने उहाँले ठोकुवा गर्नुभयो । आफुलाई मंसिर १० गते राति विना पक्राउ पुर्जीको अपहरणको शैलीमा पक्राउ गरेको भन्दै न्याय माग्न नेता दास गरुडा प्रहरीमा पुगे, त्यहाँ गएर नेता दासले प्रहरीसँग आफनो पक्राउ पुर्जी दिन माग गरे तर प्रहरीले दिन मिल्दैन भन्नेपछि दास रिक्तै हात घर फकेको थिए । नेता दासले प्रहरीको यस्तो कार्यप्रति अदालत जान सोचे, तर अदालतमा मुद्धा हाल्नको लागि गरुडा प्रहरीसँग मेडिकल कागज, आफुलाई छाडिएको सहमतिको प्रतिलिपि र पक्राउ पुर्जी माग गर्दा पनि प्रहरीले केहि दिन मिल्दैन भन्ने ठाडो जवाफ दिएको नेता दासले बताए । प्रहरी प्रशासनले अन्यामा परेकोलाई न्याय दिने गर्दछन तर आफुलाई प्रहरीले नै अन्याय गरेको दासको गुनासो छ । उनले भने आफनो कागजात नदिनु भनेको रौतहट प्रहरीले कसैसँग परिचालित हुनु हो, कुनै व्यक्ति वा दलसँग परिचालित भएकै कारणले प्रहरीले आफनो कागजात दिन आलटाल गरेको उहाँले दावी गर्नुभयो । प्रहरीको यस्तो हर्कत र रबैयालाई नेता दासले घोर निन्दा गरेका हुन । घटनाको सत्य तथ्य छानबीनको लागि अदालत जाने बाटो खोलदीन समेत नेता दासले प्रहरीसँग आग्रह गरेका छन । मेरो राजनीतिक यात्रा रोकिने प्रयास यस्तै केहि पात्रहरु बाट भैरहेको अवस्थामा मेरो अगाडिको जीवनको संघर्षको बाटो यो रबैयाले रोकिने निश्चित रहेको उहाँको ठम्याई छ । आफनो फेसबुकमा स्टाटस् लेख्दै नेता दासले आफु प्रहरीबाट नै असुरक्षित भएको बताएका छन । व्यक्तिगति रिसिबी बोकेका प्रहरीबाट आफनो र आफनो परिवारको समेत सुरक्षा चुनौति बढेको नेता दासले आफनो फेसबुकमा प्रतिक्रिया दिएका छन । त्यसैले आफुलाई न्याय दिन र शान्तिपुर्ण वातावरणमा आफनो राजनैतिक गतिविधि र क्रियाकपा गर्ने बाटो खोलि दिनको लागि रौतहटका प्रहरी प्रमुखसँग नेता दासले हार्दिक अपिल गरेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *