Loading...
खालि खुट्टा जागिरखाइ लाजिम्पाटमा घर बनाउने राजस्व कर्मचारीको डाटा अख्तियारले बटुल्यो

राष्ट्रिय अनुसन्धान विभाग (राअवि) ले अकुत सम्पत्ति आर्जन गरेको आशंकामा राजस्व (भन्सार र कर प्रशासन) समूहका कर्मचारीहरुको सम्पत्ति विवरण संकलन गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ । अख्तियारको आग्रहमा राअविले केन्द्र, प्रदेश र जिल्ला तहमा रहेका आफ्ना संयन्त्रमार्फत राजस्व समुहका कर्मचारी, उनीहरुका परिवार र नातागोताको चल–अचल सम्पत्ति विवरण बटुलेको हो । अख्तियारले निजामती, प्रहरी र राअविको संयुक्त संयन्त्रलाई ‘सूक्ष्म निगरानी समुह’ नाम दिएर शंकास्पद व्यक्ति तथा कर्मचारीको सम्पत्ति विवरण सङ्कलन गरिरहेको स्रोतले जनाएको समाचारमा उल्लेख छ । कर्मचारीले सरकारलाई बुझाएको सम्पत्ति विवरण वास्तविक सम्पत्तिसँग मेल नखाएपछि पहिलो चरणमा राजस्व समुहमा कार्यरतहरुको जानकारी बटुलेको हो । भ्रष्टाचार अनुसन्धान तथा नियन्त्रणमा निगरानी समुह सक्रिय रहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभएको छ । आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचार

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *