Loading...
तलब नपाएको भन्दै फतुवा विजयपुरका शिक्षकहरु आजबाट रिले अनसनमा
 ओम प्रकाश यादव मंसिर २२ गते, रौतहट तलब निकासाको माग गर्दै अनिश्चितकालीन आन्दोलनमा उत्रिएका रौतहटको फतुवा विजयपुर नगरपालिकाका शिक्षकहरुले आजदेखि रिले अनसन सुरु गर्ने बताएका छन् । नगर अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकहरुको हिजो बसेको बैठकले आजदेखि नगरपालिकाको कार्यालयमा रिले अनसन बस्ने निर्णय गरेको हो । आफूहरुको माग पूरा नहुञ्जेलसम्म रिले अनसन बस्ने निर्णय गरिएको प्रधानाध्यापक सुवोध यादवले बताउनुभयो । तलब निकासाको लागि पटक पटक आग्रह गरेपनि नगरपालिकाले कुनै वास्ता नगरेपछि बाध्य भएर आफूहरु अनसन बस्न लागेको उहाँको भनाइ छ । साउन महिनादेखि नै शिक्षकहरुले तलब नपाएर आन्दोलन गर्दै आएका छन् । फतुवा विजयपुर नगरपालिकाका शिक्षकहरु विद्यालय बन्द गरेर नै अनिश्चितकालिन आन्दोलनमा उत्रिएपछि विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ । यता नगरसभा हुन नसकेका कारण अहिलेसम्म शिक्षकहरुको तलब खुवाउन नसकेको नगर प्रमुख गोपाल राय यादवले बताउनुभएको छ । मंसिर महिना भित्र नगरसभा गरि तलब निकासा गर्ने मेयर यादवले प्रतिबद्धता जनाउनुभएको छ ।

Chat Conversation End

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *