Loading...
प्रमुख डिएसपी हेमबहादुर शाहीसहित ७ प्रहरी घाइते, कर्फ्यु आदेश जारी, यस्तो छ कारण !

बाँके। ट्रकको ठक्करबाट स्कुलको बालिकाको मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बाँके जिल्ला प्रशासनले कोहलपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। नेपालगन्ज जाँदै गरेको ट्रकले बिहान हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर १० की प्रकृति चन्दको मृत्यु भएको थियो । अहिले चप्पर्गौडी किरण नाला , नौबस्ता जाने बाटो र दक्षिणमा पिपरी चोकको ५ सय मिटर क्षेत्रमा कर्फ्यी जारी गरिएको हो । ट्रकको ठक्करबाट एक स्कुले बालिकाको मृत्यु भएपछि स्थानीयवासीले ट्रकमा आगजनी गरेका थिए । झडपमा परि ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीसहित थप ७ जना प्रहरी पनि घाइते भएका छन् । घाईते हुने प्रहरीहरुमा अमर खड्का, रविन्द्र शर्मा,होमबहादुर खत्री, रष्मी पुन मगर, लक्ष्मीप्रशाद आचार्य, खुमबहादुर विष्ट र धनबहादुर विक रहेका छन् । उनीहरु सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
केही घाइतेहरुलाई काठमाडौ लगिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *