Loading...
ओलीको निन्द्रा हराम, प्रधानमन्त्रीको निर्देशनमा आएको कार्ययोजना गलत- कानूनमन्त्री यादव

काठमाडौं । समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मानव अधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजनाको मस्यौदा माथि असन्तुष्टि ब्यक्त गरेका छन् । उपप्रधानमन्त्री तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका यादवले कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै कार्ययोजनाको मस्यौदामाथि केही असन्तुष्टि व्यक्त गरेका हुन् । अन्तर्राष्ट्रिय मूल्य मान्यताहरुलाई मध्यनजगर गर्दै मानवअधिकार विषयहरु कार्ययोजनामा समेट्नुपर्ने बताउनु भएको छ । छलफलमा मन्त्री यादवले जनता र राजनीतिक अधिकारको अवस्था हाम्रो के छ ? अन्तर्राष्ट्रिय मान्यताहरु र नेपालले गरेका सम्झौताहरु के छन् ? अब सुधार गर्नुपर्ने कुराहरु के छन् ? भन्ने कुराहरु मध्यनजर गर्दै गर्नुपर्ने बाँकी काम र सुधार कहाँ गर्ने भन्ने कुराहरु कार्य योजनामा समेटिनुपर्ने बताएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा.तिर्थराज ढकालले प्रधानमन्त्रीको निर्देशन अनुसार कार्ययोजना तयार पार्दा तीनवटै तहबाट सल्लाह लिइएको बताएका थिए । अन्तर्राष्ट्रिय अभ्यासहरु के छन् भन्ने कुरामा पनि प्रष्ट हुनुपर्ने अध्यक्ष यादवको भनाई थियो । छलफलमा सांसद बालकृष्ण खाँडले कानुनमन्त्रीले नै सुधार गर्नुपर्ने कुराहरु उठाएपछि केही परिवर्तन गर्नुपर्छ भन्ने देखिएको बताउनु भएको थियो । उहाले भन्नु भयो -“मस्यौँदा तयार पार्नेहरुका लागि उपयुक्त हुने हिसावले सल्लाह दिन मानवअधिकारसँग सम्बन्धित क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई छलफलमा बोलाउनु पर्ने थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *