Loading...
प्रदेश २ ले दियो संघीय सरकारलाई जोडदार झटका, ओली सरकारबिरुद्ध सर्बोच्चको यस्तो फैसला

जनकपुरधाम , मंसिर २५ । प्रदेश नं. २को सरकारले कानूनी प्रक्रिया मार्फत संघीय सरकारलाई पहिलो झटका दिएको छ ।
प्रदेश नं. २ मा रहेको सागरनाथ वन विकास परियोजनालाई संघीय सरकारले टाट पल्टी सकेको टिम्बर कर्पोरेशनलाई दिने गरेको निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ ।
प्रदेश नं. २को सरकारले आफनो क्षेत्राधिकार भित्र रहेको सागरनाथ वन टिम्बर कर्पोरेशनलाई दिने संघीय सरकारले गरेको निर्णय खारेजीको मांग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै संवैधानिक इजलासमा पठाएको थियो ।
दुबै पक्षको बहस पछि प्रधान न्यायाधिश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधिश दीपक कुमार कार्की, न्यायाधिश मिरा खडका ,न्यायधिश हरिकृष्ण कार्की, न्यायाधिश विश्वम्भर प्रसाद श्रेष्ठको संयुक्त संवैधानिक इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । यो आदेश सागरनाथ वन विकास परियोजना प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहेको ठहर भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *