Loading...
किन नेपाल परे स्थानीयको चपेटामा ? लाज शरम छैन भन्दै झम्टिदा नेपाल भागे गाडीभित्र फुत्त

चाबहिल देखि साँखु सम्म को बाटो को अनुगमन गर्न गएका पूर्ब प्रधानमन्त्री माधब नेपाल लाइ स्थानीयले लखेटेका छन् । अनुगमनका क्रममा डाँछीका स्थानीयहरु सरकारी टोलीमाथि नै खनिएका थिए । पछिल्लो ६ महिनामा सडक निर्माणमा निकै प्रगति भएको भनेपछि स्थानीय रिपुमर्दन थापा आक्रोशित भएका थिए । उनले नेता, कर्मचारी र ठेकेदार मिलेर सडक निर्माणका भ्रष्टाचार गरिएको आरोपसम्म लगाएका छन् ।

यतिका वर्षसम्म जनतालाई हिलो र धुलोमा लपेटेको भन्दै उनले पूर्वप्रधानमन्त्री नेपालसँग तात्तिएरै बहस गरे । थापा एति रिसाएर आगो भए कि रिसाएको देखेपछि नेता नेपाल भीडबाट फुत्त निस्किएर गाडीमा चढे र हिड्न खोजि हाले । तर, थापाले नेपाललाई गाडीको ढोकैसम्म पछ्याउदै भने -“लाज शरम छैन, जनतालाई यति धेरै दुःख दिन ?’ आक्रोशित थापालाई नेकपाका स्थानीय कार्याकर्ताले सम्हाले थिए ।

एक स्थानीयले यो सडकले आफूहरुलाई क्यान्सर हुन लागेको समेत बताएका छन् । स्थानीयहरुले मुआब्जाको समस्या भए त्यसलाई छिटो हल गरेर सडक पिच गर्न माग समेत गरेका छन् ।

यो सडक खण्डका कतै २२ मिटरको खण्डमा कालाेपत्रे भइसकेको छ भने कतै एक मिटर पनि छोइएकै छैन । यो टोली जहाँ-जहाँ उत्रिएर कुरा गथ्र्यो, त्यहाँ सानोतिनो रस्साकस्सी नै भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *