Loading...
देउवाले अच्चम्मको ब्यबहार देखाएपछि पौडेल र सिटौला समूहदवारा बैठक बहिस्कार !

२६ मंसिर, काठमाडौं । रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको छ ।

महाधिवेशनको कार्यतालिकालाई एजेण्डा बनाउन पार्टी सभापति शेरबहादुर देउवा सहमत नभए पछि उनीहरुले बैठक बहिस्कार गरेका थिए । तर सभापति देउवाले डेढ वर्ष कार्यकाल लम्ब्याउने संकेत गरेपछि नेताहरु असन्तुष्ट छन् । उल्टै विभागहरु थप गर्ने लगायतका विवादास्पद प्रस्ताव ल्याएपछि बैठक बहिस्कार गर्नु परेको नेता राम शरण महतले बताउनु भएको छ । कांग्रेसको वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल यही फागुनमा पूरा हुँदैछ । फागुनमा महाधिवेशन सम्भव नभएकाले पौडेल समूह पनि केही समय म्याद थप गर्न तयार छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *