Loading...
लामो समयदेखी जनप्रतिनिधिहरुकै विच रहेको वादविवाद समाधान हुने, कर्मचारीहरुले तलब पाउने

रौतहटको फतुवा विजयपुर नगरपालिकाको नगरसभा पौष ११ गते हुने । ओम प्रकाश यादव मंसिर २७ गते, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाको नगरसभा हुने टुंगो लागेपछि अब शिक्षक र कर्मचारीहरुको तलवको समस्या समाधान हुने भएको छ । विगत लामो समयदेखी जनप्रतिनिधिहरुकै विच रहेको वादविवादको कारण हुन नसकेको फतुवा विजयपुर नगरपालिकाको नगरसभा यहि पौष ११ गते हुने निश्चित भएको छ । नगर कार्यपालिका समितिको बसेको बैठकले पौष ११ गते नगरसभा गर्ने निर्णय गरेको नगर प्रमुख गोपाल यादवले बताउनुभएको छ । प्रत्येक स्थानीय तहलाई असाढ मसान्त भित्रमै नगरसभा गरिसक्नु पर्ने प्रावधान रहेको छ । तर विविध कारणले गर्दा पाँच महिना ढिलो गरी आउँदो पौषमा फतुवा विजयपुर नगरपालिकाको नगर सभा हुन लागेको छ । समयमै नगरसभा हुन नसक्दा विकास निर्माणको कामकाज प्रभावित भएको छ भने नगर अन्तर्गत कर्मचारी र शिक्षकहरु पाँच महिनादेखी तलव खान समेत पाएका छैनन । तलव निकासाको माग गर्दै शिक्षकहरु रिले अनसन बस्नुका साथै विभिन्न किसिमका आन्दोलन पनि गर्दैआएका छन । तर अब नगरसभा हुने निर्णय भएपछि आन्दोलनरत शिक्षकहरु आन्दोलन स्थगीत गर्ने बताईएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *