Loading...
शक्तिशाली बम बिस्फोटका घाइते प्रहरी निरिक्षक दहालको मृत्यु, कसले गराए यस्तो बिस्फोट ?

जनकपुर, महेन्द्रनगरमा मध्य राती भएको शक्तिशाली बम बिस्फोटमा घाइते प्रहरी निरिक्षक अमिर दहालको मृत्यु भएको छ । गम्भीर घाइत दहालको धरानस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरी कार्यालय धुनषाका अनुसार दहाललाई शनिबार बिहान ६ः४० मा डाक्टरहरुले मृत घोषणा गरेका हुन् । अन्य २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ५ जनाको अवस्था गम्भीर छ । शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटर दुरिमा बम बिस्फोट हुदा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बिस्फोटमा प्रहरी जवान रिजन महतो, राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जलीमृतक घरमुली समेत गशमभीर घाइते भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाएका छन् । बिस्फोट कोजिम्मा अहिले सम्म कसैले पनि लिएका छैनन् l

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *