धनुषाको महेन्द्रनगरमा भएको शक्तिशाली बम बिस्फोट मा परि ३ जनाको मृत्यु भएको छ भने प्रहरी निरीक्षक सहित ६ जना गम्भीर घाइते भएका छन् । राति १२ बजे राजेश्वरको घरको शौचालयस्थित अलपत्र अवस्थामा रहेको शंकापष्द वस्तु बम हो भनि ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट यकीन गर्न पुगेको बेला सो बम बिस्फोट भएको थियो ।
गम्भीर घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि धरान लगिएको जनाइएको छ । अन्य २ जना समान्य घाइते भएको बताइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान बाट घरमुली साहलाइ लक्षित गरि हत्या गर्नकै लागि राखिएको बम बिस्फोट भएको हुन सक्ने देखाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
Loading...
Facebook Comments