Loading...
प्रदीप यादव, नेत्री सुनिता पछि अब समाजबादीले नेत्री रेखालाई कारवाही गर्ने, यस्तो छ कारण !

काठमाडौँ । समाजवादी पार्टीले सांसद प्रदीप यादव, नेत्री सुनिता साह पछि अब केन्द्रीय सदस्य रेखा यादवलाई कारवाही गर्ने भएको छ । यादवले पार्टीलाई जानकारी नै नदिइकन पाकिस्तानी दूतावासको एउटा कार्यक्रममा सहभागी भएको भन्दै पार्टीले रेखालाई कारबाही गर्ने तयारी गरेको हो । भारतले जम्मु काश्मिरमा लगाएको धारा ३७० खारेज गरेको विरोधमा नेपालस्थित पाकिस्तानी दूतावासले गत कात्तिक १४ गते दूतावासभित्रै कार्यक्रमको आयोजना गरेको थियो ।

सो कार्यक्रममा समाजवादी पार्टीका नेतृ रेखा यादव सहभागी भएकी थिइन् । भारत–पाकिस्तानबीच भएको द्वन्द्वकै विषयमा भएको कार्यक्रममा उनी सहभागी भएको भन्दै पार्टीभित्रै विरोध भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *