Loading...
प्रहरीले विन्तीपत्रलाई वास्ता गरेन, आन्दोलनको कमाण्ड सम्हालेकाले दुख दिदैछ- नेता दास

 मङसिर २८ गते । रौतहटका चर्चित युवा एवं समाजवादी पार्टीका नेता राजकुमार दासले रौतहट प्रहरीले आफुले दिएको विन्ती पत्रलाई कुनै वास्ता नगरेको बताउनुभएको छ । केहि अराजक तत्वसँग आफु असुरक्षित भएको महसुस भएपछि नेता दासले आफु र आफना परिवारका सदस्यहरुलाई आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाई दिनको लागि रौतहट प्रहरीलाई विन्ती पत्र लेख्नुभएको थियो । तर विन्ती पत्र लेखेको दुई साताभन्दा बढी दिन वितिसक्दा पनि प्रहरीले अझै आफुलाई सुरक्षा मिलाउन नसकेको भन्दै नेता दासले चिन्ता व्यक्त गर्नुभएको छ । आफुलाई सुरक्षाको प्रबन्ध मिलाउनुपर्नेमा उल्टै प्रहरीले विना कारण पटक पटक पक्राउ गरेर अनावश्यक दुख दिएको नेता दासले बताउनुभयो । ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी समनपुरको प्रहरीले विना पक्राउ पुर्जीको उपनिर्वाचनको पुर्वसन्ध्यामा गत मंसिर १० गते राति १ बजेको समयमा रौतहटको गढिमाई नगरपालिका वडा नं २ समनपुरबाट घरपरिवारको सदस्यलाई कुनै जानकारी नदि आफुलाई पक्राउ गरेको युवा नेता राजकुमार दासले आरोप लगाउनुभयो । प्रहरीको हिरास्तमा पुग्नुभएका नेता दास रातभरी हिरास्तमा बसेपछि भोलीपल्ट रिहा हुनुभएको थियो । दासलाई किन पक्राउ गरिएको भन्ने बारेमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी तुल्सीराम अर्यालसँग सोध्दा केहि विषयमा अनुसन्धान गर्नुपर्ने भएकोले उहाँलाई पक्राउ गरिएको बताएपनि पक्राउको कारण बारे स्पष्ट जवाफ दिन चाहनुभएन । २०७२ सालमा भएको मधेश आन्दोलनको क्रममा युवा नेता दासले गरुडामा भएको आन्दोलनको नेतृत्व गर्नुभएको थियो । नेता दासले गरुडामा भएको आन्दोलको नेतृत्व गर्दै मधेश आन्दोलनलाई सफल बनाउन निर्णायक भुमिका खेल्नुभएको थियो । यति मात्रै नभएर नेता दासले २०६४ सालदेखी नै मधेशी जनताको न्याय र अधिकारको लागि राजनीती गर्दै आएका छन भने विभिन्न आन्दोलनको पनि कमाण्ड सम्हाल्दै आउनुभएको हो । तसर्थ मधेश आन्दोलनका बेला गरुडामा भएको आन्दोलनको कमाण्ड सम्हालेकै कारण त्यसैको रिस साध्न केहि नेताहरु अहिले आफुलाई अनावश्यक दुःुख दिनुको साथै आफनो राजनितिक यात्रा रोक्ने सडयन्त्रमा लागेको उहाँले बताउनुभयो । आफनो राजनिती समाप्त गर्न विपक्षीले जस्तो सुकै सडयन्त्र गरेपनि त्यो सफल हुन नसक्ने उहाँले ठोकुवा गर्नुभयो । आफनो राजनीतिक यात्रा रोकिने प्रयास यस्तै केहि पात्रहरु बाट भैरहेको अवस्थामा अगाडिको जीवनको संघर्षको बाटो यो रबैयाले रोकिने निश्चित रहेको हुँदा आफुले प्रहरीलाई विन्तीपत्र लेखेको उहाँले बताउनुभयो । आफनो फेसबुकमा स्टाटस् लेख्दै नेता दासले आफुलाई प्रहरीबाट पनि असहयोग भएको बताएका हुन । आफुमाथी खतरा रहेकोले शान्ति सुरक्षाको व्यवस्था गरिदिनको लागि प्रहरीलाई विन्तीपत्र लेखेपनि प्रहरीले वेवास्ता गरेको भन्दै नेता दास दुखेसो गर्नुभयो । यता रौतहटका प्रहरी उपरीक्षक एसपी भूपेन्द्र बहादुर खत्री विशेष कामले जिल्ला भन्दा बाहिर रहेको कारण पनि यस्तो समस्या भएको हुन सक्ने भन्दै नेता राजकुमार दास रौतहटका प्रहरी उपरीक्षक खत्री जिल्लामा आएपछि पकै प्रहरीले आफुलाई सुरक्षाको प्रबन्ध मिलाउनेमा आशाबादी रहनुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *