Loading...
३ महिनामा बस्नुपर्ने नेकपाको स्थायी समिति बैठक एक वर्षपछि अहिले बस्दै, यी हुन् एजेण्डाहरु

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक अहिले बस्दै छ । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीन–तीन महिनामा बस्नुपर्ने भए पनि करिब एक वर्षपछि बस्न लागेको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यकारी अधिकार प्राप्त गरेसँगै पार्टीका गतिविधिहरुले पुनः गति पाएको हो । यसअघि पार्टीका हरेक निर्णय सचिवालयले मात्र गर्दै आएको थियो । गत मङ्सिर २३ मा बसेको नेकपा सचिवालयले २९ गतेका लागि स्थायी समिति बैठक गर्ने निर्णय गरेको थियो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् । स्थायी समितिअघि सचिवालय बैठक बसेर स्थायी समिति बैठकमा छलफलका लागि लैजाने एजेन्डा तय गर्नेछ

एजेन्डाहरु

मंसिर १४ मा भएको उपनिर्वाचनको समीक्षा गर्ने,
पार्टी एकताका बाँकी कामलाई पूर्णता दिने
सचिवालयले गर्दै आएका संगठनात्मक निर्णयहरुलाई अनुमोदन गर्ने
वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने
स्थायी समिति बैठकमा सचिवालय विस्तारको विषयमा पनि छलफल हुनेछ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *