Loading...
समयमै पानीको निकास गरिदिन खरकी रजवाडाका बासिन्दाको माग, सयौ विघा धान बाली नष्ट

ओम प्रकाश यादव मंसिर २९ गते, रौतहट । रौतहटको माधवनारयाण नगरपालिका वडा नं ८ खरकी रजवाडाका स्थानीय बासिन्दाहरुले समयमै पानीको निकास गरिदिन नगरपालिकालाई आग्रह गरेका छन । पानीको निकास नहँदा गत वर्ष खरकी रजवाडा सहितका सयौ विघा धान बाली नष्ट भएको थियो । खरकी रजवाडा गाउँ भन्दा दक्षिणतिर रहेको पोखरीले गर्दा उतरबाट आउँने पानीको निकास नै बन्द हुँदा गत वर्ष सयौ विघा धानबाली डुवानमा परेको थियो । पानीको निकासको बाधक बनेको उक्त पोखरीको बाँधको छेउभएर बग्ने गरी पानीको निकास गरिदिन स्थानीयवासिन्दाहरुले नगर प्रमुख विरेन्द्र यादवलाई आग्रह गरेका छन । केहि वर्ष अघि निर्माण भएको पोखरीका कारण पानीको मुख्य बहाव नै रोकिदा गत वर्ष खरकी, रजवाडा, फुलवरीया र माधोपुर गाउँका सयौ विघा बानवाली डुवानमा परेर नष्ट भएको थियो । समयमै पानीको निकास नभए यस वर्ष पनि सयौ विघा धानबाली डुवानमा पर्ने रजवाडाका पृथ्वी महतोले बताएका छन । पानीको निकास नै नभएको कारण गत वर्ष आफनो दुई विघा धानबाली डुवानमा परेर नष्ट भएको महतोले बताए । यस वर्ष पनि पानीको उचित निकास नभए धानबाली फेरी डुवानमा पर्ने चिन्ता महतोको छ । पानीको निकास गरिदिन पटक पटक नगर प्रमुख यादवलाई आग्रह गरेपनि कुनै सुनुवाई नगरेको महतोले दुखेसो गर्नुभयो । मेयर विरेन्द्र यादवसँग कुराकानी गर्दा यस वर्ष कसैको पनि धानबाली डुवानमा नपर्ने प्रतिक्रिया दिएका छन । पानीको समयमै निकास गरी किसानहरुको धानबाली नष्ट हुनबाट जोगाउने मेयर यादवले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *