Loading...
चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन

काठमाण्डौ । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । मध्यरातमा भट्टराईको निधन भएको खबर प्राप्त भएको छ । हृदयघातका कारण निधन भएको ओम अस्पताल स्रोतले जनाएको छ ।

२०७५ चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई वोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । अध्यक्ष हुनुअघि भट्टराई लामो समयदेखि चलचित्र निर्माण तथा अभिनयमा व्यस्त थिए ।

पछिल्लो पटक २१ चैतमा उनले निर्माण गरेको नयाँ चलचित्र ’यात्रा’ प्रदर्शन भएको थियो ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *