Loading...
रौतहटको श्रीराम सुगर मिल्स बन्द हुँदै, जयनाथ यादवको नेतृत्वमा आन्दोलनको घोषणा

ओम प्रकाश यादव, मंसिर ३० गते, रौतहट । रौतहटको सबभन्दा ठुलो उद्योगको रुपमा रहेको श्री राम सुगर मिल्स यस वर्ष सञ्चालन नहुने भएपछि जिल्लाका हजारौ उखु किसान मर्कामा परेका छन । उद्योगपति हितेश गोल्छाले मिल्स घाटामा गएको कारण विगत २५ वर्षदेखि रौतहटको गरुडामा सञ्चालनमा रहेको श्रीराम सुगर मिल्स यस वर्ष सञ्चालन नगर्ने स्पष्ट जवाफ दिएका कारण खेतमा लगाइएको हजारौ विघा उखु बाली बिक्रीमा समस्या हुने भन्दै किसानहरु चिन्तित बनेका हुन् । रौतहटको धरोहरको रुपमा रहेको श्री राम सुगर मिल्स यस वर्ष सञ्चालनमा नआउने भएपछि खेतमा उखु बाली लगाएका कृषकहरु चिन्तित भएका छन । किसानको साढे ३७ करोड रुपैयाँ भुक्तानी तिर्न बाँकी रहेकै अवस्थामा मिल बन्द गर्न लागिएको भन्दै कृषकहरु चिन्तित बनेका हुन् । श्रीराम सुगर मिल्समा नै उखु विक्रि गर्नका लागि यो वर्ष त्यस क्षेत्रका ८ हजार किसानहरुले करिब ८ हजार विगहा क्षेत्रफलमा विभिन्न प्रजातीको उखु लगाएका छन् । उक्त क्षेत्रफलमा लगाइएको उखुको अनुमानित उत्पादन १४ लाख क्वीन्टल हुने र सो बापत ६५ करोड ९६ लाख ८० हजार रुपैयाँ हुने अनुमान गरिएको छ । २४ घण्टामा ३० हजार क्रसिङ क्षमता रहेको सो मिल्स स्थापना कालमा नाफामा रहे पनि ५ वर्षयता घाटामा सञ्चालन भइरहेको छ । पुरानो भुक्तानी नपाएर पीडित बनेको रौतहटेली किसान मिल बन्द भएपछि थप पिडित बनेको हो । जसरी भएपनि मिल सञ्चालन गर्नुपर्ने माग राख्दै उखु किसानहरु उखु उत्पादक संघ रौतहटका पुर्व अध्यक्ष जयनाथ यादवको नेतृत्वमा किसान जन जागरण अभियान गठन गरेर आन्दोलनको घोष्णा गरेका छन । उद्योगपति हितेश गोल्छालाई मिल्स सञ्चालन गर्नको लागि आफुहरुले पटक पटक आग्रह गरेपनि कुनै सुनुवाई नगरेको र आफुहरुसँग भेटन समेत नमानेका कारण बाध्य भएर आन्दोलनको कार्यक्रम घोष्णा गर्नुपरेको उखु उत्पादक संघका पुर्व अध्यक्ष यादवले बताउनुभयो । मिल्स बचाउ अभियान अन्तर्गत आउँदो पौष ९ गते शनिवार मिल्सकै प्रांगनमा वृहत उखु किसान भेलाको आयोजना गरिने, पौष ६ गते विहान १० बजेदेखी २ बजेसम्म ईलाका प्रशासन कार्यालय गरुडा घेराउ गर्ने र ७ गतेदेखी आम हडताल गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । आम हडतालको बेला कुनै प्रकारको घटना भएमा त्यसको सम्पूर्ण जिम्मेवारी मिल्स प्रशासनलाई नै लिनुपर्ने किसान जन जागरण अभियानका अभियन्ता समेत रहेका जयनाथ यादवले बताउनुभयो । मिल्स सञ्चालन भई किसानहरुको समस्या समाधान नभएसम्म बन्द हडतालको कार्यक्रम जारी नै रहने अभियन्ता यादवले बताए । मिल बन्द भएपछि मिल्समा कार्यरत ३ सय ९५ जना कर्मचारी पनि बेरोजगार बन्ने निश्चित रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *