Loading...
मन्त्री यादवको पहलमा हजारौ महिलाले गरिन समाजवादीमा प्रवेस, नेकपा-कांग्रेसलाई ठूलो धक्का

ओम प्रकाश यादव पुस २ गते, रौतहट । समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं प्रदेश नं २ को भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले गृह जिल्ला रौतहटमा आज हजारौ महिलाहरुलाई समाजवादी पार्टीमा प्रवेस गराएका छन । गरुडा नगरपालिका वडा नं १ जयनगरमा आज बुधवार आयोजित एक कार्यक्रमका बिच कृषि राज्य मन्त्री यादवले करिव एक हजार महिलालाई समाजवादी पार्टीमा प्रवेस गराएका हुन । आयोजित कार्यक्रममा पार्टी प्रवेस गर्ने महिलाहरुको लर्को नै लागेको थियो । पार्टी प्रवेस गर्ने महिलाहरुलाई मन्त्री यादवले पार्टीमा स्वागत गर्नुभएको छ ।

गरिव, दलित, असाहाय, महिला, वृद्धवृद्धा, मुस्लिम लगाएतको एक मात्रै पार्टी समाजवादी पार्टी नै रहेको भन्दै नेकपा, कांग्रेस, राजपा लगाएतका पार्टी परित्याग गरी महिलाहरु सामुहिक रुपमा नै समाजवादी पार्टीमा प्रवेस गरेका छन । गरुडा र माधवनारायण नगरपालिकाको विभिन्न वडाबाट महिलाहरु समाजवादी पार्टीमा प्रवेस गरेकी हुन । समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका राज्य मन्त्री योगेन्द्र यादवले महिलाहरुको सामुहिक पार्टी प्रवेसले रौतहटमा समाजवादी पार्टी झन बलियो भएको र राम्रो पकड समेत बनाएको दावी गर्नुभयो । कार्यक्रममा माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादव, जयनगरका वडा अध्यक्ष सरोज यादव सहित गाउँका भद्रभलादमी, समाजसेवी लगाएतको ठुलो संख्यामा सहभागिता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *