Loading...
राजपाका ६ अध्यक्ष बराबर एउटा उपेन्द्र, राजपाका चाल, केपीको जाल, बारेमा उपेन्द्रको सोच

सरोज खिलाडी

राजपाका ६ वटा अध्यक्ष हरुको छटपटी मन्त्रि बन्ने तिर नै छ भने सबै भन्दा बढि मन्त्रि बन्न लालायित राजेन्द्र महतो लगायत का नेताहरु नेकपाको सरकारलाई समर्थन गरेकै मन्त्रि पाउनका लागि थियो । तर त्यति बेला समाजबादी पार्टी राजपा भन्दा ठूलो भएको हुनाले प्रधानमन्त्री केपी शर्मा ओलीले समाजबादी संग हात मिलाए र राजपा लाइ भाउ नै दिएन । राजपा कुर्दै गर्यो । तर कुर्दा कुर्दै थाके पछि रेशम चौधरीको बाहना मा सरकार छोडेको थियो । तर यी सबै कुरा समाजबादी पार्टी का अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव राम्ररी बुझेका थिए । त्यसैले प्रदेश प्रमुख हटाए पनि सरकार छाडेनन । सराकर छ्ड्ने बितिकै राजपा सरकार मा सहभागी हुन्छन भन्ने कुरा उपेन्द्र ले आज होइन ६ महिना अगाडी देखि नै भन्दै आएका छन् । त्यहि भएर होला राजपा ले समाजबादी पार्टी संग एकता गर्नु अगाडी पार्टी ले सरकार छाड्नु पर्ने सर्त नै बनायो । तर उपेन्द्रले पहिला नै राजपाको रणनीति बुझेरै होला राजपा संग एकता टारे तर सरकार छाडेनन । यति मात्र होइन मन्त्रि पद समेत परिवर्तन हुदा सम्म उपेन्द्र सरकार छाड्न मानेनन् । उपेन्द्रले सबै कुरा बुझ्दा रहेछन जति गरेपनि सरकार छ्डेनन भन्दै राजेन्द्र महतो आफै अगाडी सरे र केपी ओली संग सहमति गरेका छन् ।

बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच दुई बुँदे सहमति भएको छ । हुन् त समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोसँग पनि यो कुरा राखेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ अन्तर्गतका सिटको बाँडफाँट भएको हो ।राष्ट्रियसभामा प्रदेश २ का ८ मध्ये चार सिट २० फागुनबाट खाली हुँदैछ । उक्त पदमा ९ माघमा निर्वाचन हुनेछ । सहमतिअनुसार राजपाले अन्य पुरुष र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको सिट लिनेछ भने नेकपाले महिला र दलित पुरुष लिनेछ । यो सहमतिसँगै दुबैको जित पक्काजस्तै बनेको छ । एकीकरणको समेत कुरा चल्दचल्दै कसरी राजपाले नेकपा संग सहमति गर्यो त ? यी प्रश्नले खास गरेर मधेशमा आगो फुकेको छ ।

केपीको बकुला दृष्टि समेत उपेन्द्रले बुझेका छन् । केपी को ध्यान प्रदेश न २ को सरकार माथि छ । केपीले समाजबादी पार्टीका मुख्यमन्त्री समेत हटाएर नेकपाका वा पालै पालो राजपा र नेकपा का गर्ने रणनिति लिएका छन् । स्रोतका अनुसार फागुन मा राजपा र नेकपाले सरकार बनाउने योजना बनाएका छन् ।

यो प्रशन नै सबै भन्दा महत्वपूर्ण रहेको छ । यदि बिगतका केहि कुराहरुको सम्झना गर्ने हो भने महतो तत्कालिन एमाले निकट वा केपी ओली निकट भएको पुष्टि हुन्छ । आफूलाई कसैले एमाले निकट नभनोस त्यसका लागि महतोले मधेश आन्दोलन चलि रहदा काठमाडौँ नफर्कने कसम नै खाएका थिए । सबैले महतोलाई मधेशको मसिहा र कांग्रस र तत्कालिन एमालेका ठूलो शत्रु नै ठानेका थिए । हुन् पनि हो महतोले कडा कडा शब्दमा एमालेको बिरोध गरेको थियो । तर जनताले त्यति बेला थाहा पाए महतोको असली चरित्र जति बेला महतो मधेश आन्दोलन कै बेला इण्डिया अर्थात दिल्लीबाट सोझै प्रधानमन्त्रि निवास बालुवाटार पुगेका थिए । र संचारकर्मीले तपाइँले कसम खानु भएको थियो काठमाडौँ नफर्कने तर किन आउनु भयो भनेर प्रश्न गर्दा महतोले उतरमा जवाफ दिएका थिए -“प्रधानमन्त्रीले बोलाएर आएको हुँ । त्यति मात्र होइन महतो चुनाबमा हार्ने भएपछी एमाले संग नै सहयोग मागेका थिए र एमाले कै सहयोगमा जितेका हुन । अहिलेको सरकारलाई राजपाले समर्थन समेत गरेकै हो त्यो पनि कुनै मन्त्रि नलीकन । किन गरे त सहयोग ? मात्र केपी ओलीको कुरा काट्न नसकेर । तर बेला बेलामा मधेशी जनतालाई झुक्याउन सरकार बिरोधी गतिबिधि राजपाले गरिराख्छ ।

जानकार बताउछन राजपाले जानाजान उपनिर्वाचनमा समाजबादी संग तालमेल नगरेको हो । तालमेल गरेको भए पिपरामा केपी ओलीको निकटका उम्मेदवार जित्दैन थियो । केपी कै इशारामा राजेन्द्रले भूमिका खेली आफ्नो र समाजबादीको उम्मेदवारलाइ हराएको हो । अब नेकपालाई भन्ने ठाउ छ कि पिपरा मै हाम्रो उम्मेदवार जितेको छ । त्यही उपचुनाबको सहयोगलाइ ध्यानमा राखी महतोले आफ्नो ध्यान नेकपातिर सोझ्याएको राजपा नेपाल निकटका एक नेताले नाम नलेख्ने सर्तमा भनेका छन् । त्यति बेलाको पालाको पैचो तिर्ने बेला आएको कुरा नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कानसम्म पुग्यो । उनले आफ्ना पक्षका नेताहरुलाई राजपा नेपालका संयोजक महतोसंग कुरा गर्न लगाएका थिए । र एक घन्टा भित्र भयो सहमति । अब हेर्नु यो छ कि उपेन्द्र को नया रणनीति के हुन्छ ?

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *