Loading...
बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत राज्य मन्त्री डिम्पल झाद्धारा साईकल वितरण

ओम प्रकाश यादव, पुस , रौतहट । प्रदेश २ का भौतिक पूर्वाधार विकास राज्य मन्त्री डिम्पल कुमारी झाले गृह जिल्ला रौतहटमा आज छात्राहरुलाई साईकल वितरण गरेकी छिन । राज्य मन्त्री झाले आज एक कार्यक्रमका विच जिल्लाको क्षेत्र नं १ को ख विधानसभा अन्तर्गत रहेको दुर्गा भगवती गाउँपालिकाको मत्सरी स्कुलमा अध्ययनरत ४४ जना छात्राहरुलाई साईकल वितरण गरेकी हुन । प्रदेश २ सरकारको बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत कक्षा ८ मा पढने ४४ जना छात्राहरुलाई साईकल वितरण गरिएको राज्य मन्त्री झाले बताईन । आयोजित साईकल वितरण कार्यक्रममा राजपा क्षेत्र नं १ विधानसभा ख का अध्यक्ष एवं चिर्चित युवा नेता संजिव कुमार यादव लगाएतको सहभागिता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *