Loading...
भब्य कार्यक्रमका बीच मुख्यमन्त्री राउतले गरे नेपाली सेनाको प्रशंसा, भने- “अझ योगदान चाहियो”

जनकपुरधाम , पुस ६ । मुख्यमन्त्री लालबाबु राउतले नेपाली सेनाद्वारा महोत्तरीको सोनमा गा.पा. ३ खखनामा आयोजित १० दिवसीय वृहत्त स्वास्थ्य शिविरको समापन गर्नु भएको छ ।
उक्त अवसरमा मुख्यमन्त्री राउतले नेपाली सेनाले विपदका साथै स्वास्थ्य जाँचमा समेत तदारुकता देखाई यस प्रदेशका आम जनतालाई सेवा प्रदान गरेकामा नेपाली सेनाको टोलीलाई धन्यवाद दिनु हुँदै यसले सेना र नागरिक विचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नु भयो ।
विगतमा बारा पर्सामा आएको टोर्नाडोका पीडित परिवारको लागि घर निर्माणमा खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले अगामी दिनमा समेत प्रदेश २को सरकार यस्तै सहयोग र सहकार्यको अपेक्षा राखेको बताउनु भयो ।
महोत्तरी क्षेत्र नं. ४का प्रतिनिधि सभा सदस्य एवं निवर्तमान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवको अध्यक्षतामा भएको उक्त समापन समारोहमा मुख्यमन्त्री राउतले शिविरमा खटिएका सेनाका डाक्टर सहितको टोली तथा स्थानीय सहयोगीहरुलाई गमछा ओढाई सम्मान समेत गर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य कौशल कुमार यादव, सेनाका सहायक रथी एवं स्वास्थ्य शिविर टोलीका कमाण्डर डा. देवेन्द्र खत्री, सोनमा गापा अध्यक्ष राज कुमार यादव, समाजवादी पार्टी जिल्ला अध्यक्ष नागेन्द्र यादव सहितका व्यक्तिहरुले सम्बोधन गर्नु भएको थियो ।
मंसिर २७ गते देखी पुष ६ गते सम्म चलेको उक्त शिवरिमा ३४ हजार १७२ जनाले निशुल्क स्वास्थ्य उपचार पाएका छन । जसमध्ये ३ सय २९ जनाको शल्यक्रिया समेत गरिएको छ । स्वास्थ्य शिविरमा ६० लाख बराबरको औषधी निशुल्क वितरण गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *