Loading...
मिडियाले झुठा समाचार सम्प्रेसन गरेर आफुलाई बदनाम गराउन खोजेके मन्त्री यादवको आरोप

ओम प्रकाश यादव पुस १५ गते, रौतहट । प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले आफुलाई कसैले पनि झापड नहानेको बताएका छन । केहि सञ्चार माध्यमले आफुलाई बदनाम गराउने नियतले यस्तो कपोकल्पित, भ्रामक, झुठा एवं तथ्यहीन खबर सम्प्रेसन गरेर जनतामा भ्रम फैलाउन खोजेको कृषि राज्य मन्त्री यादवले बताएका हुन । पत्रकार ओम प्रकाश यादवसँग भएको कुराकानीमा राज्य मन्त्री यादवले आफुलाई कसैले पनि झापड नहानेको स्पस्ट पारेका हुन । प्रदर्शनकारीलाई समझाउन जाँदा मन्त्री यादवलाई एक प्रदेश सभा सदस्यले झापड हान्यो भन्नेर केहि सञ्चार माध्यमले गलत समाचार लेखेर आफुलाई बदनाम गराउन खोजेको मन्त्री यादवले प्रतिक्रिया दिएका छन । केहि अनलाईन र सञ्चार माध्यमले प्रदेश सभा भवन बाहिर उपभोक्ता समितिहरुले विरोध प्रदर्शन गरिरहँदा कुरा मिलाउन गएका बेला आफुलाई प्रदेश सभा सदस्य प्रमिला देवी दासले झापड हानेको भनेर लेखेको समाचारमा कुनै सत्यता नभएको र यस्तो भ्रामक समाचारको पछि नलाग्न मन्त्री योगेन्द्र यादवले सबैलाई आग्रह गरेका हुन । गत आर्थिक वर्षमा विभिन्न उपभोक्ता समितिहरुले गरेको कामको ८७ करोड रुपैया अहिलेम्म पनि भुक्तानी नगर्दा बाध्य भएर उपभोक्ता समितिहरुले आज प्रदेशसभा भवन अगाडि नाराबाजी सहित धर्ना दिएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *