Loading...
बेमौसमी वर्षाका कारण रौतहटमा ईटा व्यवसायीलाई क्षति, करोडौको ईटा गलेर नष्ट

ओम प्रकाश यादव माघ ५ गते, रौतहट । बेमौसमी बर्षाको कारण रौतहट स्थित ईटा उत्पादक व्यवसायीलाई ठुलो क्षती भएको छ । विहिवार र शुक्रवार दुई दिन भएको वर्षाका कारण रौतहटमा करोडौको ईटा गलेर नष्ट भएको छ । पोल्नको लागि तयार पारिएको काँचो ईटा पानीले गलेर जिल्लाभरीका ईटा उत्पादकलाई १७ करोड भन्दा बढीको क्षती भएको ईटा उत्पादक संघ रौतहटले जनाएको छ । बेमौसमी वर्षाले प्रत्येक ईटा भट्टाहरुमा पोल्नलाई तयार अवस्थामा राखिएको काँचो इटा गलेर कामै नलाग्ने अवस्थामा पुगेको ईटा उत्पादक संघ रौतहटका अध्यक्ष रामबिनोद साहले बताउनुभएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका ८ महमदपुर स्थित रहेको एसपिएल ईटा उधोगमा पोल्नको लागी तयार पारिएकोे १० लाख भन्दा बढी काँचो ईटा बर्षाको पानीले गलेर नष्ट भएको सञ्चालक राम बिनोद साहले बताउनुभयो । काँचो ईटा लाई सुुकाएर पोल्नका लागी तयार गर्दा सम्म प्रति ईटा दुुईरुपैयाँ उत्पादकको न्युनतम खर्च हुने गरेको साहको भनाई छ । रौतहट जिल्लाभरीमा यस आर्थिक बर्षमा घरेलुु तथा साना उधोग कार्यालयमा दर्ता रहेका एकसय ६१ वटा ईटा भट्टाहरु सञ्चालनमा छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *