Loading...
मेयर यादवको मनमानी र दादागिरी पछि गम्हरीयावासीले रोके सडक निर्माणको कार्य

माघ ५ गते, रौतहट । रौतहटको गढिमाई नगरपालिकाले ७० फिट चौडा भएको हुलाही राजमार्ग अन्तर्गत पर्ने गम्हरीया धनहारी सडकखण्डलाई जथाभावी रुपमा आफना मनोपोली ढंगले ग्रेभल गरेपछि विरोध भएको छ । गढिमाई नगरपालिका वडा नं ३,४ र ५ स्थित धनहारी र गम्हरीयाको विचमा पर्ने उक्त हुलाकी राजमार्ग अन्तर्गतको सडकलाई नगरपालिकाले प्रयाप्त मात्रामा चौडा नगरी दुईवटा सवारी साधन ओहोर दोहोर नै गर्न नसक्ने गरी निर्माण कार्य शुरु गर्न लागेपछि स्थानीयहरुले विरोध गरेका छन । नगरपालिकाले उक्त गम्हरीया धनहारी सडकखण्डलाई ११÷१२ फिट नै चौडा गरी ग्रेवल गरेपछि स्थानीयवासिन्दाहरुले विरोध जनाएका छन । स्थानीयहरुको विरोधको कारण हाल उक्त सडकको निर्माण कार्य रोकिएको छ । स्थानीयहरुले उक्त सडक ७० फिटको हुनुपर्नेमा कम्तीमा ४० फिटसम्म चौडा गर्नुपर्ने माग गरेका छन । नगरपालिकाले उक्त सडकलाई ४० फिटसम्म चौडा गर्न तयार नभएसम्म आफुहरु कुनै पनि हालतमा निर्माण कार्य अगाडि बढन नदिने गम्हरीयाका मोहम्मद मुनाले बताउनुभएको छ । ४० फिट चौडा भएपछि उक्त सडकमा आवत जावत गर्न सहज हुनुका साथै दुई र चार पांग्रे सवारी साधानलाई पनि ओहोर दोहोर गर्न सहज हुने मुनाको भनाई छ । गढिमाई नगरपालिकाले गत असाढमा उक्त सडकलाई ११÷१२ फिट चौडाईमा नै ग्रेभल गरेको र केहि दिन अघि फेरी पनि त्यही सडकको काम गर्न लाग्दा आफुहरु रोकेको उहाँले बताउनुभयो । सडक फराकिलो नभएका कारण आफुहरुलाई उक्त सडकमा सवारी साधनदेखी लिएर पैदल हिडडुल गर्न समेत ठुलो कठिनाई हुँदै आएको गम्हरीयावासीको भनाई छ । गढिमाई नगर प्रमुख श्याम यादव उक्त सडकलाई फराकिलो बनाउनुको सटा उल्टै थोरै चौडा बनाएर आफुहरुलाई दुख दिन खोजेको स्थानीय शेख ओसि अख्तरले दुखेसो गरेका हुन । नगरपालिकाले ४० फिट फराकिलो सडक बनाउन तयार नभएसम्म सडकको काम अगाडि बढन नदिने स्थानीयहरुले चेतावनी दिएका छन । गढिमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवले गम्हरीयादेखी धनहारीसम्मको सडकलाई विस्तार गरी फराकिलो बनाउने बताउनुभयो । अहिले ११÷१२ फिट मात्रै चोडा रहेको उक्त सडकलाई कम्तीमा चारपांग्रे दुईवटा सवारी साधन ओहोर दोहोर गर्न सक्ने गरी निर्माण गर्ने मेयर यादवले बताउनुभयो । तत्कालाको लागि सवारी आवागमन अवरोध नहोस र दुर्घटना नहोस भन्ने हिसावले उक्त सडकमा ग्रेभल गरेको मेयर यादवले स्पस्ट गर्नुभयो । गढिमाई नगरप्रमुख श्याम यादव वडा नं ३ धनहारीदेखी वडा नं ४ गम्हरीयासम्मको सडकलाई कम्तीमा ३० देखी ४० फिट चौडा गरी हाईवे जसतो पिच गर्ने आफनो सोच रहेको बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *