Loading...
शाहील कन्ट्रक्सनको बदमासीका कारण गम्हरीयावासी दुर्घटनाको सिकार बन्दै

ओम प्रकाश यादव माघ ५ गते, रौतहट । शाहील कन्ट्रक्सन सर्लाहीको बदमासीका कारण रौतहटको पुर्वि भेग स्थित गम्हरीयावासीलाई आवत जावत गर्न ठुलो कठिनाई भएको छ । शाहील कन्ट्रक्सनले गढिमाई नगरपालिकाको मलाहिटोल बजारदेखी गम्हरीया कब्रस्तानसम्मको सडकको अधुरै काम गरी सम्पर्क विहिन भएपछि सर्वसाधारणलाई उक्त बाटो भएर आवत जावत गर्न ठुलो समस्या भएको छ । शाहील कन्ट्रक्सनले गत असाढमै मलाही टोल बजार देखी गम्हरीया गाउँसम्मको सडकलाई ४० फिट चौडा ग्रेभल गर्ने गरी सहमति गरेको थियो । ४० फिट चौडा ग्रेभल गर्नुपर्नेमा ७ फिट चौडा मात्रै ग्रेभल गरेर उक्त शाहील कन्ट्रक्सन विगत असाढ महिनादेखी नै सम्पर्क विहिन भएपछि बाँकी ग्रेभलको काम अझै हुन नसक्दा दिनहुजसो उक्त सडकमा सवारी दुर्घटना भईरहेको स्थानीय समाजसेवी मोहम्मद मुनाले बताउनुभएको छ । ७ फिट चौडा मात्रै ग्रेभल बिछाईएकोले उक्त सडकमा यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन । कुनै सामान एकै ठाउँमा थुपारिए जस्तै एकै ठाउँमा ग्रेभल राखिएपछि दैनिक एउटा न एउटा गाडि पल्टेर दुर्घटना भइरहेको समाजसेवी मुनाले गुनासो गर्नुभयो । गत असाढ देखी अहिलेसम्म उक्त सडक भएर यात्रा गर्ने क्रममा मोटरसाईकल दुर्घटनामा परेर स्थानीय देवन राउत, शेख निराला, हृदय राउत लगाएतका दर्जनौ व्यक्ति घाईते भइसकेका छन । सडकको काम अलपत्र अवस्थामा छाडेर फरार हुने शाहील कन्ट्रक्सन सर्लाहीका सञ्चालकलाई पक्राउ गरी काडा कार्यवाही गर्न स्थानीयहरुले सम्बन्धीत निकायसँग माग गरेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *