Loading...
दुईसय जेष्ठ नागरिकलाई कम्बल बाडेका मन्त्री यादवद्धारा सयौ थान कम्बल वितरण

ओम प्रकाश यादव माघ ५ गते, रौतहट । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव शनिवार फेरी गृह जिल्ला रौतहटमा सयौ थान कम्बल वितरण गरेका छन । चिसोबाट आम नागरिकलाई जोगाउन कृषि राज्य मन्त्री यादवले रौतहट निर्वाचन क्षेत्र नं १ को ख स्थित गढिमाई नगरपालिका वडा नं ६ पकहा बखरीमा १२५ जना गरिव असहायलाई कम्बल वितरण गरेका हुन । पकहामा आयोजित एक कार्यक्रकाबीच समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहनुभएका कृषि राज्य मन्त्री यादवले चिसोबाट प्रभावित गरिव तथा अति विपन्न परिवारका जेष्ठ नागरिकलाई एक एक थान कम्बल वितरण गरेको मन्त्री यादवका पिए राम बहादुर यादवले बताएका छन । यस अघि पनि मन्त्री यादवले चिसोबाट बाच्न आफना क्षेत्रका दुईसय जेष्ठ नागरिकलाई कम्बल बाडेका थिए । यसैविच कटहरिया नगरपालिका वडा नं ९ पिप्रा पोखरीयाका वडा अध्यक्ष नवध राय यादवले पनि आज ९ थान कम्बल वितरण गरेका छन । वडा अध्यक्ष यादव चिसोबाट प्रभावित ९ जनालाई एक एक थान कम्बल वितरण गरेको स्थानीय भुवनेश्वर यादवले बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *