Loading...
चिसोका कारण सयौले ज्यान गुमाउँदै गर्दा मन्त्री यादवद्धारा पाँच सय परिवारलाई कम्बल वितरण

ओम प्रकाश यादव माघ ११ गते, रौतहट तराई मधेशमा प्रत्येक वर्ष कपडाको अभावमा चिसोले सयौ गरिव नागरिकले ज्यान गुमाउँदै आएका छन । तराईमा वर्षेणी खास गरेर पुस र माघ महिनामा अत्याधिक मात्रामा चिसो लाग्ने गर्दछ । चिसोले खासगरी दलित, डोम, चमार, मुसहर, हलखोर समुदाय बढी प्रभावित हुने गर्छन । तराई मधेशको जिल्लामा अति गरिव र लोपोन्मुख समुदायको रुपमा परिचित उनिहरुलाई कपडा खरिद गर्न पैसा नहुने गरेकोले अत्याधिक चिसोले उनिहरुको अकालमै मृत्यु समेत हुदै आएको छ । कपडाको अभावमा अब कसैले पनि अकालमै मृत्युवरण गर्नु नपरोस भन्ने उद्देशयका साथ प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले विगत केहि दिनदेखी टुहुरा, गरिव, असाहाय र अति विपन्न परिवारलाई कम्बल वितरण गर्ने अभियान नै सञ्चालन गरेका छन । कृषि राज्य मन्त्री यादवले आफना गृह जिल्ला रौतहटको निर्वाचन क्षेत्र नं १ को खमा प्रत्येक गरिव परिवारको जेष्ठ नागरिकहरुलाई गाँउ गाँउमा पुगेर कम्बल वितरण गरिरहेका छन । कम्बल वितरण गर्ने अभियान अन्तर्गत मन्त्री यादवले अहिलेसम्म आफना निर्वाचन क्षेत्रका पाँच सय भन्दा बढी जेष्ठ नागरिकलाई कम्बल वितरण गरिसकेका छन । समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहनुभएका कृषि राज्य मन्त्री योगेन्द्र यादव आज फेरी रौतहटको विभिन्न गाँउमा गरी पाँच सय भन्दा बढी थान कम्बल वितरण गरेका हुन । मन्त्री यादवले जिल्लाको छतौना, सखुअवा, माधोपुर, धनहारी र भेडियाहीमा आज पाँच सय चिसोबाट प्रभावित जेष्ठ नागरिकहरुलाई गरम न्यानो कपडा वितरण गरेका हुन । चिसोबाट प्रभावित दलित, डोम, चमार, मुसहर, हलखोर समुदायलाई मन्त्री यादवले न्यानो कपडा वितरण गरेको उनका स्वकीय सचिव कमलेश यादवले जानकारी दिएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *